
ललितपुर । मंगलबारबाट ललितपुर महानगरपालिका भित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उम्मेर समूहका विद्यार्थीहरुलाई खोप लगाउन सुरु गरेको छ । माघ २ गते सम्म चल्ने खोप कार्यक्रममा महानगरपालिकाले करिब ४४ हजार विद्यार्थीहरुलाई फाइजर खोप लगाउने लक्ष्य लिएको हो ।
खोप लगाउन जाँदा विद्यार्थीहरुले विद्यालयको परिचय पत्र वा उमेर खुल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ भने दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई महानगरले खोप केन्द्र तोकेको छ ।
त्यस्तै दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउनुपर्ने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।
आफूलाई पाएक पर्ने खोप केन्द्रमा आफ्ना छोराछोरीलाई खोप कार्यक्रममा सहभागी गराउन र विद्यालय परिवारलाई खोप कार्यक्रममा सहयोग गर्न सबै अभिभावकहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आह्वान गरेका छन् ।
यस्ताे छ तालिका…

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...
काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...