पोखरा । सरकारले प्रतिबन्धित भनेर घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपाका १८ नेता र कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा शनिबार बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आमा समूहको भवनमा बैठकमा बसिरहेका उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको थिए । पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत रहेका छन् ।
विकास भनिने पार्टीका जिल्ला सेक्रेटरी भएको खुलेको छ । काजी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष तथा राई जिल्लास्तरीय नेता भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पोखरामा राखिएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ पर्न थालेपछि सो पार्टीले नेपाल बन्दको आयोजना गर्दै आएको छ ।
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...