
आदिबासि जनजातिको परिभाषा ब्लाक ल डिस्नरि अनुसार “पृथ्वीको निश्चित भागमा लामो समयदेखि निरन्तर बसि आएका रङ्ग वर्ण एउटै देखिने एकै भाषा बोल्ने आफ्नै समुदायमा बिहावारि गर्ने लामो ऐतिहासिक श्रृङखला भएको मानव समूह“लाई मानिन्छ । संयुक्त राष्ट्र संघले “उपनिवेश भन्दा अघि देखि आफ्नो राज्य सामाजिक परम्परा भएको” इन्डिजिनस नेशन भनेको छ ।
अक्सफोर्ड डिस्नरिमा communality of people of mainly common Descent history language etc. forming a state or inhaviting c territory elgG5 . Indigenous or Existing in a land from the earlist time or before the arrival of colonists भनिन्छ ।
बृहत नेपाली शब्दकोषमा आदिवासी र जनजातिको परिभाषा आदिकालदेखि बसेका र जङ्गल खनिखोस्री कन्दमुल खाने असभ्य भनेको छ । आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा परिभाषित आदिवासी÷जनजाति ५९ छौं । पछिल्लो जनगणना २०६८ अनुसार नेपालको जनसंख्याको ३८ प्रतिशत आदिबासि जनजाति छौं । किसान, कुमाल ….. ह्योलमो भित्र पर्ने नेवार गुरुङ लिम्बू मगर थारु तामाङ मगर थकाली सेर्पा राई … हरु राज्य र पार्टीको पहिलो स्थान पुगेको छैनन् ।
नेपाल नामाकरण कसरी भयो भनेर वैदिक सनातन धर्म संस्कृति सङकल्प र कौटिल्यको अर्थशास्त्र, ह्वेङसाङको नेपाल बर्णन, हिमवत खण्ड, गोपाल बंशावली, आधुनिक इतिहास, किराँत इतिहासमा उल्लेख छ । नेवा नेपाबाट नेपाल भएको भनिन्छ ।
पछिल्लो पटक गोरखाबाट बिस्तार भएकाले गोरखाली भनेर अङ्ग्रेजीले पहिचान पाएकाले गोरखा भर्तिमा भर्ती भै बिस्व युद्धमा अङ्ग्रेजलाई जिताउने बीरता देखाएको पराक्रम गरेकोले संसारभर प्रसिद्ध गोरखा सिपाहि सित नेपोलीयन हिटलर स्टालिन चर्चिल रुजवेल्टबाट पनि परिचित थियौं । गोरखा राज्य नामलाई नेपाल सरकार नाम राखेपछि गोरखालीबाट नेपाली पहिचान बनाउने काम नेपाली कांग्रेसले नै गरेको हो, यो काममा नेपाल कम्युनिष्ट पार्टीको पनि सहभागीता छ ।
नेपालकहाँ छ भनेर चिनाउन किराँत, गोरखा, सिध्दार्थ गौतम बुध्द जन्मेको ठाउँ, चोमालुङमा ÷एभरेष्ट÷ सगरमाथा जहाँ छ भन्न परेको छ । हेमिल्टन, कर्कपेटिक, हडसन, चटर्जि, डाक्टर स्वामी प्रपन्नाचार्य कालेराइ र वेद पुराण उपनिषद्ले चिनेको किराँत देश, गोरखा र नेपाल एउटै भएपनि नाम फेरिएकोले हामी नेपाली भनेर हामी आफै नबुझ्ने नेपालीको संख्या केही छौं ।
फाशिष्ठ पन्चायतकालमा सबै नेपाली पंचहिन्दु भनेको पनि सुनिन्थ्यो । कहिले कांग्रेस कहिले कम्युनिष्ट माले एमाले राप्रपा माओवादी राजावादीको हल्ला जे भएनि कम्तीमा नेपाली कांग्रेसले नेपाल आदिवासी जनजाति संघ–२०५८ सालमा भातृसंस्था गठन गरेको हो । नेपाली कांग्रेसको सरकारले–२०५८ सालमा संसदबाट ८ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन ८ पास गरेको हो ।
२०६०–०६२÷६३ मा शाही प्रतिगमन बिरुद्ध आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपाली कांग्रेस कै नेतृत्वमा बनाई सशक्त आन्दोलन भएकोले नेपालको अन्तरिम संविधान–२०६३ माआदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व ब्यबस्था नेपाली कांग्रेसकै नेतृत्वमा भएको हो । नेपालको संविधान २०७२ मा राज्य र पार्टीका सबै तहमा आदिवासी जनजातिको स्थान आरक्षण गर्नुपर्नेछ । नेपाली कांग्रेसको विधानमा आदिवासी जनजातिबिनाको संगठन अपुर्ण मानेको छ । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पनि पदाधिकारी पद आरक्षण गरिएको छ ।
बेलाबखत केही कुनै घटना परिस्थितिलाई अपवाद मान्ने कुरा बाहेक नेपाली कांग्रेसको संगठन स्थापना संघर्ष शाहदता र सफलता सम्मको श्रृङखलामा अमर शहिदहरु शुक्रराज, गंगालाल, धर्म भक्त, बखतजंग लिम्बू, स्यामकुमार तामाङ, निर्मलामा, नरेन्द्र लामा, जि बि याकथुंवा, दिलमान सिंह थापामगर, सि बि वान्तावा, नारायण नोगु, खगेन्द्र पारालि, श्रीपाल राई, धर्मधोज गुरुङ, लालधोज गुरुङ, प्रजालाल राइ, भिमनारायण श्रेष्ठ….. र गणेशमान सिंह, नारद मुनिथुलुङ, रामप्रसाद राई, तेजबहादुर अमात्य, तेजमान तुम्बाहम्फे, डगलसिंह सेन, मुगाधधन राई, भुदेव राई, दिवानसिंह राई, प्रेमराज आङदम्बे, बलबहादुर राई, गोपाल राई, सर्बधन राई, अशोकचन्द्र राई, बिजय गच्छदार, सुरेन्द्र चौधरी, दिलबहादुर घर्ती, पद्मरानारायण चौधरी, तेजुलाल चौधरी, राममजनम चौधरी, हरिनारायण चौधरी, उमाकान्त चौधरी कुमारी लक्ष्मी राई, दिलकुमारी राई, प्रमिला राई, टंक राई, कुमार राई, गोकर्ण राई, बखानसिंह गुरुङ, जमानसिंह गुरुङ, मिनबहादुर गुरुङ, पदमबहादुर आलेमगर, बाबुराम रानामगर, योगेन्द्रमान शेरचन, कुुलबहादुर गुरुङ, भीमबहादुर तामाङ, स्यामकुमार तामाङ, गोपालमान श्रेष्ठ, ओमकार श्रेष्ठ, चीनकाजि श्रेष्ठ, पिएल सिंह, तिर्थ रामडङ गोल, भिमसेनदास प्रधान, अर्जुन जोशि, चन्द्र महर्जन, प्रकाशमान सिंह, सुर्यमान गुरुङ, पाल्टेन गुरुङ बसन्त गुरुङ, इन्द्रबहादुर गुरुङ, सीता गुरुङ, अमरसिंह पुन मगर, जिपछिरिङ सेर्पा, उषा गुरुङ, हिरागुरुङ, तारामान गुरुङ, धनराज गुरुङ, भिष्मराज आङदम्बे, कल्याण गुरुङ, डि बि लामा, दिलमान पाख्रिन, बहादुरसिंक तामाङ, रत्ना शेरचन, कबिता सरदार, अमृत राजबंशी, तिर्थलामा, नथुनि सिंह दनुवार…. हरुसमेतको वलिदान योगदान रहेको छ ।
हाल नेपाली कांग्रेसको आदिबासि जनजाति बिभागमा सीता गुरुङ को संयोकत्वमा ४३ सदस्यहरु नेपाली कांग्रेसमा आदिवासी क्रियाशील सदस्य संख्या ४० प्रतिशत बनाउने काममा.. सकृय छौं । आफ्नो पार्टीको नेतृत्वको सरकारलाई सफल पार्ने र आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउन सफल बनाउने हाम्रो लक्ष्य रहेको छ ।
नेपाली कांग्रेसको संगठन माआदिवासी जनजाति क्रियाशिल सदस्य ४०प्रतिशत पु¥याउने सिध्दान्त बुझाएर निष्ठावान् अनुशासित सक्रिय नेतृत्व बिकास गर्ने साथै सबै तहमा १ महिला सहित २ जना सचिव÷महामन्त्री पदको बैधानिक ब्यबस्थाको प्रयास गरिरहेका छौं । जय नेपाल!
जयआदिबासि जनजाति !
जयमानवजाति! स्रोत सामा
स्रोत सामाग्री
१. आदिबासि जनजाति उत्थान राष्ट्रिय प्रतष्ठान ऐन २०५८ ।
२. नेपालीकांग्रेसको विधान २०१७ संशोधन सहित ।
३. नेपालको संविधान २०७२ ।
४. नेपालको अन्तरिम संविधान २०६३ ।
५. नेपालीकांग्रेसको इतिहास–डा. सुर्यमणि अधिकारी, भुँडी प्रकाशन ।
६. राजनीतिक पिडित र शहिदहरुको नामावली
२०४८ । १५ साउन २०७८काठमाडौ नेपाल ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...