
नेपाली कांग्रेसको १४आंै महाधिवेशन भदौ १८ गतेदेखि वडा अधिवेशन र मङ्सिर ९ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक भएको छ । नेपाली कांग्रेसको विधान र नेपालको संविधान कोरोना महामारीको दवावले गर्दा दुई बर्ष अघिनै हुनुपर्ने थियो ।
१४औं महाधिवेशन गर्न सकिएन । १०००००० क्रियाशिल सदस्य संख्या पुराउने महत्वाकांक्षी योजना महाधिवेशन हुने मितिभन्दा छ महिना अघि म्यादभित्र नभए पनि भर्खरसम्म अलमल भएको छ ।
मैले भन्ने गरेको १ देखी १० एकजना क्रियाशिल सदस्यले दशजना मतदातालाई नेपाली कांग्रेसको सिद्धान्त नीति कार्यक्रम बुझाउनुपर्छ । यही नेपाली कांग्रेसलाई जनताको मत आउने हो भने अब १ करोड मत नेपाली कांग्रेसको पुग्ने भएको छ ।
नेपाली कांग्रेसले महाधिवेशनमा राजनीतिक संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पास गर्ने एजेन्डा परम्परागत हो । ती प्रस्तावमा के के बिषय राख्ने नराख्ने भनेर क्रियाशिल सदस्यबिच चिन्तन छलफल हुनुपर्ने जतिहो भएको छैन बरु आफु कुन पदमा कसरी चुनाव जित्न सकिन्छ त्यसको निम्ति सदस्य बढाउने, घटाउने, हटाउने विधान निलम्बनसम्मको हर्कत भएको हल्ला आयो ।
जसरी पनि १४आंै महाधिवेशन गर्नुपर्छ नेपाली कांग्रेसलाई बाध्यता छ । बाहिर धेरै कुरा चलेका छन् । कांग्रेसले आफ्नो राजनीतिक दर्शन सिद्धान्तमूल्यमान्यता आचार संहिता समय सान्दर्भिक बनाउने र नेतृत्व परिवर्तन गर्ने नयाँ पुस्ता अवसर नपायकाहरुबाट जोडदार अभियान चलाइएको छ ।
यसै अभियानमा प्रजातान्त्रिक समाजवाद÷नयाँ सामाजिक जनतन्त्र बिचार लिएर म पनि सहमहामन्त्री पदको उम्मेदवार बन्ने जानकारी गराउँछु । सबै साथीहरूले सल्लाह सुझाव सहयोग दिनुहोस् ! नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, जनतन्त्र र समाजवाद हुनुपर्छ ।
नेपाली कांग्रेसको उदेश्य राष्ट्रियता, जनतन्त्र र समाजवाद÷सामाजिक जनतन्त्रको आदर्शअनुरुप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट प्रत्येक नेपाली नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्दै, नागरिकको सुरक्षा, संरक्षण र समान अवसर उपलब्ध गराउन न्यायपुर्ण समतामूलक, गतिशिल र शान्तिपूर्ण लोकतान्त्रिक समाज निर्माण गरी सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण गर्दै राजनीतिक सामाजिक तथा आर्थिक बिकासको लक्ष्य पुरा गर्न र बिश्वशान्ति एवं भातृत्व कायम गर्दै विश्वसामु नेपाललाई अखण्ड, सम्पन्न र स्वाभिमानी राष्ट्रको रुपमा परिचित गराउने हुनुपर्छ ।
नेपाली कांग्रेसले महिला, दलित, आदिबासि, जनजाति, मधेसी, पिछडिएको क्षेत्र बर्गमा सदस्य बढाउने मेहनत गर्नुपर्नेछ । महिला ५०% दलित १५% आदिबासि जनजाति ४०% मुस्लिम ५% पु¥याउनुपर्छ ।
नेपाली कांग्रेस सदस्यलाई पार्टीको विधान, निति, सिद्धान्त, जनतालाई सेवा पुराउने घरदैलो कार्यक्रम पार्टीको मुखपत्रमा छपाएर प्रशिक्षण दिइरहनु पर्नेछ ।
नेपाली कांग्रेसको वडादेखि केन्द्रसम्म १ महिला सहित २ सचिब÷महामन्त्री रहने ब्यबस्था हुनुपर्छ । भातृसंस्थाको अधिवेशनले निर्वाचन गरेका केन्द्रीय अध्यक्षहरु नेपाली कांग्रेसको पदेन केन्द्रीय सदस्य रहने ब्यबस्था हुनुपर्छ । नेपाली कांग्रेस पार्टीका सबै सदस्यले कुनै न कुनै ब्यबसाय गर्नुपर्छ राज्यलाई कर बुझाउनुपर्छ । राजनीति धन कमाउने पेशा होइन राजनीति सेवा मात्र हो ।
नेपालको राष्ट्रपति महिला, दलित, आदिबासि, जनजाति, मधेसी, खस, आर्य पालैपालो बनाउनुपर्छ । नेपालका सबै भाषा संस्कृतिको संरक्षण सम्बद्र्ध गर्न जिवित सांस्कृतिक संग्रहालय बनाउने र अन्तर जातीय बिबाहलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको आर्थिक स्रोत जल, जमिन, खानी, जंगल, जडिबुटी र जन हो ।
परम्परागत सीप प्रविधिलाई भौगोलिक स्थिति र वातावरणलाई बिचार गरेर जनबस्ति र शहर, सुरक्षा, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, उद्योग, वन, जलाधार, वन्यजन्तु क्षेत्र छुटाइ स्रोत परिचालन गर्नुपर्छ ।
बालबालिकालाई पोषणयुक्त खाना, नैतिक र प्राविधिक शिक्षा प्रदान गरी आदर्श नागरिक बनाउने शिक्षा निति लागू गर्नुपर्छ ग्रामीण र शहरी अर्थतन्त्रलाई समन्वय गर्ने अर्थनीति तर्जुमा गरी मानव संशाधन बिकाश गरेर रोजगार प्रवद्र्धन गर्नुपर्छ । राष्ट्रिय उत्पादन बृद्धि गरेर निर्यात बढाइ छिमेकी र तेस्रो मुलुकमा व्यापार बढाउनुपर्छ ।
छिमेकी र बिश्वलाई स्वतन्त्रता समानता सहअस्तित्वका आधारमा मित्रताको सम्बन्ध राखेर सहयोग आदानप्रदान गरेर नेपाललाई धनी देश बनाउन सकिन्छ । जय नेपाल ।
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...