प्रत्येक दश/दश वर्षमा सीमानामा पूनरावलोकन नहुँदा सीमाना मिचिएको मेरो नाङ्गो आँखाले देखेको छु – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रत्येक दश/दश वर्षमा सीमानामा पूनरावलोकन नहुँदा सीमाना मिचिएको मेरो नाङ्गो आँखाले देखेको छु

नेपाल चीन सम्बन्ध लामो छ । नेपाल भारत सम्बन्ध प्रगाढ छ । दुई देश छिमेकी ठुला राष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो बनाउनुपर्छ । दुई देशहरुसँग धेरै स्थानहरुमा सीमा पर्छ । तर कहिलेकाही दुई देशको बिचमा सीमा विवाद र उक्त क्षेत्रमा कार्यरत सुरक्षा निकायका व्यक्तिहरुबाट पनि सानातिना गल्ती नभएका होइनन् ।

त्यसैले यसको समाधान दुई देशका परराष्ट्र सम्बन्धी कार्य गर्ने विज्ञ र सीमा विज्ञको सल्लाहमा दुई देशको अधिकारीबीच बसेर समाधान गर्ने बाटोतर्फ जानुपर्छ भन्ने नेपालको आग्रहलाई पछिल्लो समय चीनले त्यति चासो नदेखाएपछि विवाद जन्मेको बताइन्छ ।

सोही सम्बन्धमा पछिल्लो समय हुम्लाको सीमानामा पिल्लरनै सारेको कुरालाई लिएर विवाद उत्पन्न भएको र सोही स्थानबाट निर्वाचित प्रदेश सांसद् जीवन बहादुर शाहीले स्थलगत निरिक्षण गरेर अघिल्लो सरकारलाई बुझाएको प्रतिवेदनको सुनुवाई नभएपछि नयाँ सरकारले कार्यदल गठन गरेको छ ।

सोही विषयमा सोही स्थानबाट निर्वाचित एवम् पूर्वमन्त्री जीवन बहादुर शाहीसँग हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अंशः्


तपाईको माग सम्बोधन गर्नकै लागि हालै सरकारले समा विवाद सम्बन्धी कार्यदल गठन गरेको छ, त्यो कार्यदलले सीमा विवाद समाधान गर्ला ?
सरकार जुन अहिले समिति बनाएको छ, त्यसको लागि नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु । त्यो मेरो मागभन्दा पनि तपाइ हामी सबै नेपाली जनताको माग हो । जहाँ समस्या उत्पन्न हुन्छ, त्यहाँ समस्या समाधानको लागि त्यो ठाउँमा जानुपर्छ भन्ने हाम्रो माग थियो ।

हामीले तत्कालीन केपी शर्मा ओलीको सरकारलाई पनि ज्ञापनपत्र बुझाएका थियौ । त्यसै अनुरुप दुइ देशबीचको सम्बन्धलाई लगेर नानाथरीका कुराहरु भएका थिए ।

यो समितिले पक्कै पनि दुई देशको सम्बन्धलाई झन् प्रगाढ बनाउने र हाम्रो भविष्यमा ती समस्याहरु नदेखिने कुरामा यसले समाधान गर्ने छ । त्यो खालेको प्रतिवेदन जान्छ भन्ने मैले विश्वास गरेको छु ।

हुम्लामा साँच्चै चीनले हाम्रो सीमाना मिचेको हो त ?
यदी सीमा विवाद नभएको भए यी कुराहरु यसरी आउने थिएनन् । त्यस सीमानामा पुग्दाखेरी कति दुःख कष्ट छ भन्ने सबैलाई थाहा छ । अहिले जेवी फण्डले पनि त्यहाँको डिटेल कुराहरु उहाँले लेखेर आएको छ । जुन लिमिलप्चाको लोतोलक्योङ भन्ने ठाउँ छ त्यो गत्फुदताबाट अहिलेको लोलोङजोङ्सम्म मैले २०६६ मा आफैंले जिल्ला विकास समितिको सभापति हुँदा २ किलोमिटर बाटो खनेको हो, त्यो खनेको बाटो आज चीनको क्षेत्रभित्र परेको छ ।

एकातिर हिल्सा भन्ने नाकामा ९/२ को पिल्लरमाथि नै बार हालिएको छ । ६/१ को पिल्लर र ५/२ को पिल्लरलाई ६/१ को पिल्लर हाम्रो एकल पिल्लर हो, त्यसलाई चीनले आफ्नोतिर राखेको छ भने ५/२ को पिल्लर हामी दुई देशकै पिल्लर हो, त्यो पनि उहाँहरुले आफ्नोतिर राख्नुभएको छ ।

यति मात्रै होइन, त्यो भन्दा अगाडि पनि कृषि मन्त्रालयले यति हेक्टर जमिन हाम्रो मिचिएको छ भन्दाखेरी पनि पछि फेरी के कति कारणले हो, होइन भन्ने कुरा आएको थियो ।

यो प्रष्ट के हो भने मेरो नाङ्गो आँखाले देखेको छ, कि पिल्लरहरु मिचिएको र लाप्चाको १२ नम्बर पिल्लर चाही एक पक्षीय ढंगले त्यो गरेका हुन् र त्यो बेला त्यसको फोटो भिडियो खिचेर पनि मिडियामार्फत् आएको थियो । त्यसकारण नभएको कुरालाई हामीले भएको हो भनेको हुँदै होइन ।

तत्कालीन सरकारले त्यतिबेला एक इन्च पनि मिचेको छैन भन्यो । यदि छैन भने काठमाडौंमा बसेर हुम्लाको सिमानाको कुरा थाहा हुन सक्दैन । त्यसकारणले एउटा उच्चस्तरीय समिति गठन गरेर गएर हेरिसकेपछि सत्यतथ्य थाहा हुन्छ । भविष्यमा पनि यस्ता समस्याहरु आउँदैनन् भन्ने हो ।

केपी ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भन्नुभएको थियो नि चीनसँग कुनै विवाद छैन भनेर अनि तपाई मिचेको छ भन्नुहुन्छ ?
त्यही कुरा त्यहाँ आएसकेपछि मैले पहिलेनै भनेको थिए । तत्कालीन परराष्ट्रमन्त्रीलाई म आग्रह गर्न चाहन्छु मेरो प्रतिवेदन हेरिदिनुस्, मलाई बोलाउनुस् सत्यतथ्य कुरो के हो म भन्छु । तपाईले काठमाडौं बसेर टेलिभिजन हेरेर एक इन्च पनि मिचेको छैन भनेर बोल्न मिल्दैन । माथि जाउ समिति बनाउनुस् भनेर खुला रुपमा मिडियामा भन्दै आएको थिए ।

यदि मैले गल्ती गरेको रहेछु भने मैले आफ्नो मित्रराष्ट्रसँग नचाहिने कुरा गरेहेको रहेछु भने म जुनसुकै सजाय भोग्न तयार छु भनेर त्यतिबेलानै भनेको थिए ।

त्यसपछि केपी शर्मा ओलीको सरकारले हामीलाई बोलाउँदा पनि बोलाएन, वास्ता पनि गरेन र माथि उठाउने, छानविन गर्ने, समिति बनाउने कुरातिर लाग्ने र त्यसपछि मैले मेरो मुलुकको भूमिको लागि मेरो शरीरमा एक थोपा रगत रहेसम्म यो कुरा उठाइरहन्छु तपाईहरुले मलाई साथ दिनुहोला । मैले सत्यतथ्य कुरा गरेको छु भनेर भन्दै आइरहेको थिए ।

आज मेरो विचारमा लाग्छ कि यो त्यसैको परिणाम हो । यो समितिले कुनै विवाद सिर्जना गर्ने होइन । सत्यतथ्य कुराहरु प्रमाणित भएर कसका गल्ती छन्, त्यहानिर देखिन्छ । यि कुरालाई यो सरकारले गर्दै छ । त्यतिबेलाको सरकारले हचुवाको भरमा होइन भनेर जर्बरजस्ती कुरा गरेको तपाईलाई पनि थाहानै होला ।

तत्कालीन परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको विषयमा फेरि चीनसँग सीमा विवाद छ भनेर कुरा उठाउँदा खेरी कुटनीतिक सम्बन्ध चिसिने त होईनन् ?
त्यस्तो होइन, यो कुरालाई मानिसहरुले कसरी लिएका छन् भन्ने कुरा मैले बुझ्न सकिन । कुनैपनि छिमेकी मुलुकले हाम्रो जग्गाजमिन विवाद भयो भने उनीहरुसँग बोल्नै हुँदैन, उनीहरुसँग समस्या समाधानको विषय उठाउनै हुँदैन, उनीहरुसँग वार्ता, छलफल, सम्वाद गर्नै हुँदैन अनि हाम्रो दाषत्व स्वीकार गरेर बस्ने भन्ने हाम्रो नेताहरुको भनाइ हो भने मेरो भन्नु केही पनि छैन ।

यसले त हाम्रो समस्यालाई दरार पार्ने, हाम्रो सम्बन्धलाई दरार पार्ने कुरा होइन । त्यो हिजो भएको कुरा मेरो नाङ्गो आँखाले देखेको कुरा म पनि एउटा मुलुकको मन्त्री भइसकेको मान्छे । वर्तमान प्रदेश सदस्य तथा त्यतिबेला प्रतिपक्षमा बसेको मान्छे हो ।

यो हुँदै होइन भन्ने कुरा भइसकेपछि हामीले के भन्यौ भने कहीकतै केही कुराको समस्या भएपछि समस्या समाधान गर्नको लागि समिति गठन गर्नुपर्ने त्यहाँ मान्छे पुग्नुपर्ने र सत्यतथ्य कुरा के हो भनेर हेर्नुपर्ने कुराले छिमेकी राष्ट्रसँगको सम्बन्ध चिसिने होइन ।

यसले त सत्यतथ्य कुरा बाहिर निकालेर यो सम्बन्ध झन् सुमधुर भएर जाने कुरा हो भविष्यमा जहिले पनि । प्रत्येक दश÷दश वर्षमा सीमानामा पूनरावलोकन गरिनुपर्छ । अहिलेसम्म हाम्रो देशको सीमाहरुमा पूनरावलोकन भएको छैन । सीमाना मिचिएको मेरो नाङ्गो आँखाले देखेको छु । हामीले सरकारलाई प्रतिवेदन बुझायौं ।

सरकारलाई अनुरोध ग¥यौ, यो गरिसकेपछि अब त्यहाँ गएर साँच्चै के भएको रहेछ त हाम्रै मुलुकको मान्छेले गल्ती गरेको होकी अथवा त्यहाँ केही कमी कमजोरी भएको छ अथवा सीमा मिचिएको छ भने त्यो समाधान गर्नुपर्ने कुरालाई उठाउँदा खेरी हाम्रो दुईछिमेकी देशबीचको सम्बन्ध चिसिने होइन यो तातो भएर आउँछ । गल्ती भएको कुरामा दुवै पक्षले महसुश गरेर आगडी बढ्ने पो होला नी ।

समस्या उत्पन्न भएपछि समाधान गर्नुपर्ने होनी प्रेस विज्ञप्ति जारी गरेर सीमा मिचिएको छैन भन्नु गलत कुरा हो । दुई देशबीच छलफल गर्दैमा समस्या उत्पन्न हुने होइनकी, यसले समस्या समाधान गर्छ । यो अहिलेको प्रक्रियाले दुई देशको सम्बन्धलाई झन् सुमधुर बनाउँछ भन्ने चाही हाम्रो पूर्ण विश्वास छ ।

माओवादी नेता नारायण काजी श्रेष्ठले चीनसँग सीमा विवाद छैन, त्यसैले कार्यदल गठन गर्नु गलत हो भनेर प्रतिक्रिया दिनुभएको छ, नि तपाई के भन्नुहुन्छ ?
म नारायणकाजीजीलाई एउटा के कुरा आग्रह गर्न चाहन्छु भने तपाई यहाँ आउनुहोस् म स्वागत गर्छु । सिमिकोट आउनुस् सबै ठाउँ देखाउँछु । तपाईको आफ्नै आँखाले हेर्नुहोस् अनि बोल्नुहोस् न । काठमाडौं बसेर मिचिरहेको कुरालाई मिचिएको छैन भन्ने अधिकार उहाँलाई कहाँबाट प्राप्त भयो ? उहाँहरु आउन सक्नुहुन्न भने हेलिकप्टर खर्च सबै म बेहोर्छु, बरु तपाइ पहिला यहाँ आएर हेरिदिनुस् ।

त्यो ठाउँमा त्यो भुमीमा उभिनुहोस्, हेर्नुस् अनि मात्रै कुरा बोलिदिनुहोस् भन्नको लागि म उहाँलाई आग्रह गर्छु । म त चीन र नेपालको बोर्डरको मान्छे हो । जुन ठाउँबाट म निर्वाचनमा लड्छु, त्योसँग चीन बोर्डर एकदम नजिकै पर्छ । मेरो गाउँपालिका जुन छ त्यो बोर्डरसम्म जोडिएको गाउँपालिका हो ।

हामीलाई त उहाँहरुसँगको सम्बन्ध पुर्खौदेखी भोगचलन गर्दै आएका, हामी बस्दै आएका कुरालाई हाम्रै आँखा अगाडी हामीबाट खोसिएर लैजादा, हामीले बनाएको बाटो खोसिएर लैजादाखेरी हामी चुप लागेर कसरी बस्न सक्छौं ? काठमाडौं बसेर सीमा मिचिएको छैन भनेर कुन प्रमाण दिनुहुन्छ दिनुपर्यो नि ?

सम्बन्धित समाचार

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०७८ भाद्र २१, १३: २४

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७८ भाद्र २१, १३: २४

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७८ भाद्र २१, १३: २४

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...