जनताको सचेत विद्रोह जब जाग्ने छ, अनि कसैले पनि सच्चिने मौका पाउँदैनन् – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

जनताको सचेत विद्रोह जब जाग्ने छ, अनि कसैले पनि सच्चिने मौका पाउँदैनन्

हरिविनोद अधिकारी

१. मुलुक संक्रमणकालमा छ भन्ने कुरा सँसदमा दुई तिहाई साँसदहरु लिएर बसेको सरकारका काम कार्बाहीहरुले देखाइरहेका छन् । अहिलेको नेकपाको सरकारले काम गर्ने ढङ्ग नपु¥याउँदा प्रजातान्त्रिक व्यवस्था नै धरापमा पर्न थालेको छ ।

२.न त सँसदीय परम्पराअनुसारका कामहरु निरन्तर हुन सकेका छन्, न त सरकारले आफ्ना कामहरु प्रजातान्त्रिक प्रक्रियामा गर्न नै सकेको छ । यसो हुनुमा अब भन्नै पर्ने हुन्छ, सरकारमा रहेकाहरुसंग या त प्रजातन्त्रप्रति आस्था एवं विश्वास छैन, या त भन्नै पर्ने हुन्छ, प्रजातान्त्रिक प्रक्रियाका वारेमा कुनै जानकारी नै छैन । एउटा गणितले निर्वाचनमा जितियो, प्राविधिक जिताइ भयो तर तरिका नपुग्दा र नजान्दा स्थिति झन झन बिग्रेको हो कि ?

३.उदाहरणका लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका लागि अहिलेको समय साँँच्चै नै अनुपम थियो नयाँ नयाँ कानुन बनाउन र मुलुकलाई नमुनाको प्रजातन्त्रको स्वरुप देखाउनका लागि । तर हालै ल्याएका केही कानुनका विधेयकहरुले सरकारको स्थिति अत्यन्त तरल बनाइदिएका छन् । सरकारले जहिले पनि भन्ने गरेको दुई तिहाईको गफ हो । छ पनि सँसदमा । कार्यवाहक प्रधान न्यायाधीशजस्ताले न्याय पाएनन्  । उनको धारणाको राम्रोसँग सुनुवाइ भएन र सँसदीय सवोच्चताको आधारमा बाहिरिन बाध्य भए तर वाइडबडीको वारेमा सँसदीय सर्वोच्चता हरायो । त्यसपछिका धेरै घटना यस्ता छन् जसमा नयाँ प्रचलन बसाएर प्रजातान्त्रिक प्रक्रियालाई सँस्थागत रुप दिनुभन्दा दम्भले प्रजातन्त्रलाई मिच्ने काम गरेको छ । स्वयं प्रधानमन्त्रीजी सदन र सडकका उठेका जायज कुरा र प्रजातान्त्रिक आवाजलाई ठाडो जबाफमार्फत् लल्कार्नु हुन्छ र आपूmभन्दा जान्ने कोही छैन भनेर देखाउन खोज्नुहुन्छ जसको परिणाम सरकारमा मात्र होइन, उहाँकै दलमा पनि भाँडभैलो देखिन थालेको छ ।

४.अहिले काठमाडौँ उपत्यकाका जनता यसकारणले सडकमा आउँदै छन् कि सरकारले गुठीका वारेमा जुन विधेयक ल्याएको छ, त्यसले सँस्कृतिको जगेर्ना गर्न सक्दैन, उल्टै सँस्कृतिको तेजोबध गर्नेछ भनेर विज्ञहरुको धारणा आएको छ । यो क्रम मुलुकभर सर्नेछ । स्वयं सँस्कृतिविद् सत्यमोहन जोशीजीले स्थितिलाई समाल्न सबैसँग आह्वान गरिरहनु भएको छ सँस्कृति जोगाउन र गुठीको अस्मिता जोगाउनका लागि ।

५.अहिले विभिन्न विधेयकहरु सँसदमा प्रस्तावित छन् । खासगरी गुठीसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, सूचना तथा प्रविधिसम्बन्धी विधेयक र मानव अधिकारसम्बन्धी विधेयक छन् । सरोकारवालाहरु विधेयकको विरुद्धमा बोलिरहेका छन्, आवाज उठाइरहेका छन् तर सरकार त्यसप्रति आफ्नो धारणामा अडिग देखिन्छ जसले गर्दा मानव अधिकार र प्रेससम्बन्धी विषयमा सम्भवतः अन्ताराष्ट्रिय मिसन आउँदैछ । हालै प्रधानमन्त्रीजीको विदेश भ्रमणमा पनि केही कुराहरुमा पक्कै सङ्केत आयो पनि होला ।

६.किन प्रत्येक विधेयकमा विवाद आउँछ ? राष्ट्रपतिजी कहाँबाट पनि प्रमाणीकरण नभई राहदानी सम्बन्धी विधेयक सँसदमा नै फिर्ता भएको छ ।सरकारसँग समाजवादी पार्टीसमेतको मतले दुई तिहाईको संख्या पक्कै छ तर दुई तिहाईले जनताका पक्षमा विपक्षमा र सरोकारवालाको विचारलाई नै सरकारको विचारले छोपेर नयाँ सिद्धान्त तयार गर्ने त पक्कै नै होइन होला ।

७.हामीले सोचेका थियाँै, गणतन्त्रपश्चात्को सँसद समावेशी र जनताका पक्षमा सहजीकरण गर्ने होला । प्रजातन्त्रका नाममा यसभन्दा पहिले हुने गरेका केही कमी कमजोरीहरु नदोहोरिएलान् । मुलुक समावेशी तरिकाले चल्ला । प्रत्येक नागरिकको मतले महत्व पाउला । भन्नेबेलामा हामी भन्छौँ दक्षिण अफ्रिकाको नमुनाको समावेशीपनलाई हामीले आत्मसात् गरेका छौँ । तर पहिलेको भन्दा पनि विपक्षीहरुमाथि अविश्वास र असहिष्णुता देखाउन खोजिएको छ ।

८.नेपाली राजनीतिमा जनमतको कुराले मात्र नहुँदो रहेछ । सहिष्णुताको आधारमा र समन्वयको आधारमा राजनीतिलाई जबजब प्रयोगमा ल्याइएको छ, तबतब मुलुकले राम्रो गति लिएको हुन्छ । विकासले गति लिएको हुन्छ । जुन दिनदेखि मुलुकमा दुई तिहाईको दम्भले सरकार स्वेच्छाचारी हुन थाल्यो, मुलुकमा संक्रमणकालको भुमरीले निलेको देखिन्छ ।

९.यो देश सबैको साझा हो मात्र नभनौँ , नेपाली जनताले दिएको मतले पनि के देखाउँछ भने सरकारले यो संक्रमणकाललाई सहज त।िरकाले समन्वय गर्दै लैजानु जरुरी छ । नेकपाको एकता र बहुमत आफँैमा कुनै पनि बालुवाको घरजस्तै भत्कने सम्भावना छ । मुलुकमा विकसित राजनीतिक घटना र परिघटनाले सरकारका सम्मिलित नेकपा आफैँमा जरासन्धझैँ दुई भागमा विभाजित छ र पहिलेको एमाले र माओबादीको सीमाबाट धेरै बाहिर आउन सकेको छैन । त्यहाँभित्र पनि भागबन्डा र पुरानो लेनदेनको हिसाब किताब स्पष्ट देखिन्छ । कतिपय पुराना एमाले र माओेबादीहरुको अन्तर्घुलन हुन सकेको पाइँदैन ।

१०.सरकारमा भएका नेकपाका नेताहरु नै जनताको बहुदलीय जनवाद कि एक्काइसाँै शताब्दीको जनवाद भन्ने भ्रमयुक्त विवादमा रुमलिएको पाइन्छ । यसकारणले भ्रमयुक्त भनिएको हो कि नेपालको संविधानले स्पष्टरुपमा प्रजातान्त्रिक व्यवस्थाको प्रत्याभूति दिई सकेको अवस्थामा संसारबाट विदा भइसकेको साम्यवादको भूत देखाउन थालिएको छ । आजको प्रजातान्त्रिक युगमा पनि संविधानमा राखिएको समाजवाद उन्मुख भन्ने शब्दलाई नयाँ नयाँ जामा लगाएर स्वयं प्रजातन्त्रको विकल्प खोज्दै शब्दको नयाँ नयाँ भ्रम तयार गर्दै मुलुकमा अधिनायकवादको सुरुवात हुन लागेको कुरामा राजनीतिक पर्यवेक्षकहरु शङ्का व्यक्त गर्न थालेका छन् । तर त्यो व्यर्थ छ किनभने सत्ताधारीहरुकै बीचमा पनि प्रजातान्त्रिक पक्षधर र प्रजातन्त्रका विपक्षधरहरुमा विवाद देखिन्छ ।

११.जनताका पक्षमा उभिँदामात्र प्रजातन्त्रका पक्षमा उभिएको मानिन्छ । अहिले प्रजातन्त्र म¥यो कि भनेर तर्क गर्न थालिएको कारण प्रजातन्त्रका विपक्षमा आवाज दिनका लागि होइन, प्रजातन्त्रका विपक्षमा उभिनेहरुलाई दिइने झापड हो किनभने प्रजातान्त्रिक प्रक्रियालाई कर्मकाण्डी नबनाउन र गतिशील बनाउनका लागि उठाइएको आवाज हो । प्रजातन्त्रमा जनताको आवाज यति सशक्त हुन्छ कि आवाजविहीनहरुको आवाजको रुपमा जनताले मतपत्रमार्पmत् आफूलाई महान निर्णायक बनाउँछन् र सम्पूर्ण दम्भलाई मतपेटिकाभित्रको शान्तिपूर्ण विद्रोहले फिस्स बनाएर सत्ताबाट सडकमा पु¥याउ्रँछन् । तर आजको प्रजातन्त्र भनेको कोही पनि विपक्ष नहोस् र सम्पूर्ण जनताका मतको सही प्रयोग गर्दै सबैले आफ्नो प्रतिनिधित्व भएको ठानून् भन्ने हो ।

१२.मुलुक मुठभेडमा नजाओस् । सबै कुराहरुको अन्तिम निर्णय सँसदबाटै होस् । सँसदमा सबै जनताको मतको कदर होस् । जनताविरुद्धका कानुनहरु नबनून् । सरोकारवालाहरुले जजसका लागि कानुन आकर्षित हुने हो, तिनले आफ्नो हित त्यहाँ देखून् । विज्ञहरुले दिने सल्लाहलाई मान्ने चलन आओस् । एकपटक हुने गल्तीलाई भूल मान्न सकिन्छ,बारम्बार हुने गल्ती वा भूललाई प्रवृत्तिजन्य हेपाइ मानिन्छ । अहिले देखिएको सरकारको व्यवहार जनताका विरुद्धमा देखिएको छ भनेर विज्ञहरु सडकमा नै आएर भन्न थालेका छन् ।

१३.बेलैमा समस्याको समाधान निकालियोस् अन्यथा जनताले सडकबाट समाधान निकाल्ने बेला आउने छ । जनताका अघिल्तिर सबैले नतमस्तक हुनै पर्छ । जनता त सार्वभौम छ र सडक–सदन दुवै तिर कुर्लन सक्ने अवस्था जो विद्यमान छ ।

१४. र अन्त्यमा, हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ । हामीले जुन प्रजातन्त्रका पक्षमा बोल्दै आएका छौँ, यो हाम्रो लक्ष्य र परिणाम दुवै हो । जनताको पक्षमा बोल्ने हाम्रो आवाज कतैबाट बन्द नहोस् भन्ने र त्युसो हुन लागेको बेलामा हामीले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउने छौँ, त्यसमा पक्कैनै हाम्रा पाठकबाट सदाझैँ सहयोग पाइरहने कुरामा विश्वस्त छौँ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ असार २, ०९: २३

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ असार २, ०९: २३

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ असार २, ०९: २३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...