
१.नेपाली काँग्रेसको विवाद मिल्न लाग्यो रे भन्दापनि आम प्रजातन्त्रवादीहरु खुसी भएका पाइन्छन् । वास्तवमा नेपाली काँग्रेसमा सैद्धान्तिक विवाद नै छैन भने पनि हुन्छ । विवाद त निहित व्यक्तिगत स्वार्थको टकराब मात्र हो भन्ने पर्यवेक्षकहरु बढी छन् ।
२.अहिले नेपाली काँग्रेस सँसदमा कमजोर भएपनि प्रतिपक्ष हो । कमजोरको कुरा किन आयो भने सँसद बेला मौकामा अङ्कगणितले पनि चलेको हुन्छ जस्तो कि सत्तापक्ष नेकपाले आफूलाई दुई तिहाईको समर्थन प्राप्त सरकार भनेर भनिरहेको हुन्छ । आफूमै प्रचण्ड बहुमत हुँदाहुँदै लहराले कुनै रुखको आड लिएर माथि गए जस्तै दुई तिहाई पु¥याउन नेकपाले कहिले समाजवादी पार्टीको भर परेको हुन्छ त अहिले राजपाको भर परेको छ । जग जाहेर छ—तत्कालीन नेकपा एमाले र मधेसवादी दलहरुको कस्तो सम्बन्ध थियो र अहिले कसरी अचानकनै जस्तो सम्बन्ध सुमधुर हुँदै गएको छ ।
३. काँग्रेसमा सुरु भएको विखण्डनवादी सोचमा तत्काललाई अल्पविराम लागेकोमा त उसका मतदाताहरु धेरै खुसी भएका छन् भने यदि नेपाली काँग्रेसले पहिलेको जस्तो प्रजातन्त्रको अभ्यासका लागि पनि आफैँ उदाहरणीय हुने हो भने आगामी निर्वाचनमा उसको जीतलाई कसैले पनि रोक्न सक्दैनन् तर अपसोच यो सुसमाचार दिगो भएनभने मुलुकको प्रजातान्त्रिक आन्दोलनले पनि अल्पविराम पाउने पक्का छ ।
४. सत्तारुढ नेकपाको अवस्था जरासन्धको जस्तो छ र पनि अझै एकाकार हुनुमा सामाजिक न्यायका लागि वा समाजवादको स्थापनाका लागि भन्दा पनि सत्ताका मतियार हुनका लागिनै कारण हो भन्नेमा अब झन द्विविधा रहेन । उदाहरणका लागि सभामुखको चयनलाई राजनीतिक पर्यवेक्षकले लिएका छन् । दुईओटा टाउका भएको नीत कथाको भारण्ड चराको अवस्थामा नेकपा छ र पनि अझै एकाकार भएर चलिरहेको छ । सिद्धान्तमा कुनै मेलजोल छैन, अझ केही वामपन्थी आलोचकहरु त अहिलेको नेकपासँग सिद्धान्तनै छैन भनेका छन् तर हामीले त यो संविधाननै सिद्धान्त हो र जसले प्रजातान्त्रिक प्रणालीलाई सँसदीय अभ्यासको रुपमा स्वीकार गरेको छ । प्रजातन्त्रको सर्व स्वीकार्यतालाई मानेर अगाडि बढेको नेपाली राजनीतिमा बेलाबेलामा अवसरवादिता र स्वार्थी समूहको बोलबाला बढेको पक्कै हो जसबाट मूलप्रवाहको प्रजातान्त्रिक दल नेपाली काँग्रेस अछुतो रहने कुरै भएन ।
५.यस्तो बेलामा पक्कै पनि प्रतिपक्षको भूमिका सबल भयो भने बाटो बिराउन लागेको सरकारलाई बाटो देखाउनकालागि आवश्यकताअनुसारको दबाबदिन सक्नुपर्छ जसमा नेपाली काँग्रेस चुकेको छ भनेर मतदाता मात्र होइन कि नेपालको प्रजातान्त्रिक आन्दोल सबल र सक्षम होस् भन्ने शुभेच्छा राख्ने अन्तराष्ट्रिय मित्रहरुको धारणा देखिन्छ । त्यसैले पनि नेपाली काँग्रेसमा विग्रह कम हुने अवस्था आउनु नेपालको प्रजातन्त्रको स्वास्थ्यका लागि लाभदायक छ भनेर मान्न सकिन्छ ।
६.अहिले मुलुकमा धेरै ओटा समस्याहरु एकैपटक देखिएका छन् र ती समस्याहरु एउटा प्रजातन्त्रप्रति आस्था नभएको तर आस्था देखाउनु पर्ने बाध्यता भएको जमातले सत्ता सञ्चालन गरेर देखिएको हो । त्यसको सुधार गर्नका लागि पनि प्रमुख प्रतिपक्षीका रुपमा रहेको काँग्रेसले खबरदारी गर्ने हो । सरकार अभिव्यक्ति स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारको स्वतन्त्रतालाई खुम्च्याउने कानुनी व्यस्ततामा देखिन्छ । सत्तामा रहेका भारण्ड चराको एउटा मुखउदार हुनखोज्छ त एउटा मुखअनुदार हुन खोजेको पाइन्छ । तर एउटै पेट र शरीर एउटै भएकाले कसैले पनि जोडका साथखबरदारी गर्नैपर्छ तर हुन नसकेको अवस्था विद्यमान जो छ ।
७.फेरि सरकारलाई खबरदारी गर्ने प्रतिपक्ष नै सत्ताको भागखोजेर बसेको पनि देखिन्छ । यसमा किन लोभ गरेको हो बुझ्नै सकिँदैन भन्ने पर्यवेक्षकहरु के कुरामा विश्वस्त देखिएका छन् भने सत्तापक्षले जसरी हुन्छ विपक्षीलाई पनि आफ्ना करतुतमा सामेल गराएर चुप लगाउने कोसिसमा देखिएको छ । एकातिर सरकार नेपाली काँग्रेसलाई दुवै सदनमा शून्य गराउने गरी लामो रणनीतिमा देखिएको छ भने अर्कोतिर त्यो षड्यन्त्रमा स्वयं काँग्रेस जानाजान फसिरहेको छ भन्ने राजनीतिक पर्यवेक्षको धारणा गलत पनि होइन ।
८. मुलुकको मूलधारको प्रजातन्त्रवादी सँस्था नेपाली काँग्रेसमा दीर्घंकालीन रणनीति पनि देखिएन र को मित्रपक्ष,को सुधार गरिनु पर्ने पक्ष र को प्रतिस्पर्धी पक्षभन्ने कुनै निर्धारक नियम पनि देखिएन । आफूसँग विपक्षी बेन्चमा बसेका दलहरुसँग पनि सहकार्य गर्न नसक्दा नै नेकपा दुई तिहाईको धाक देखाउँदै अदालतलाई समेत दबाबमा राख्न सक्ने भएको छ । आफूसँगै विपक्षी बेन्चमा बस्नेसँग सत्तापक्षले सहमति गरेर राष्ट्रिय सभामा यो पटक शून्यजीत गराउँदा पनि दलमा कुनै चेत पनि आएको देखिँदैन र कुनै आगामी रणनीति पनि देखिएन भन्ने केन्द्रीय सदस्यहरुलाई कार्बाही गर्नेसम्मको धम्की पार्टी सभापति शेरबहादुर देउबाले दिनु भयो भन्ने रोष पनि दलमा देखिन्छ ।
९.अब के आशा गर्न सकिन्छ भने —आगामी दिनमा नमुना लायक आन्तरिक प्रजातान्त्रिक अभ्यास गरेर, प्रजातन्त्रको खबरदारी गर्न चुकेको क्षणको पनि क्षतिपूर्ति हुनेगरी काम गरोस् भन्ने चाहना राख्ने आममतदाता र शुभेच्छुकहरुको अपेक्षा पूरा गर्न नेपाली काँग्रेस सक्षम होस् ।
१०. र अन्त्यमा, यो सहिन सप्ताह हो, सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुमा भावपूर्ण हार्दिक श्रद्धाञ्जलि र मुलुकको प्रजातन्त्रकालागि फेरि फेरि आन्दोलन गर्नु नपरोस् भन्ने आशीर्वादको पनि कामनासहित ।
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...