
१.नेपालको राजनीतिक भविष्य हाम्रा हातमा रहेन छ भन्ने झन झन प्रमाणित हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीका भित्रको विवाद र नेपाली काँग्रेसभित्रको भाँडभैलो कहिले सेलाउँछ त कहिले जागाजोती भएर देखापर्छ । झन अहिले सत्तारुढ नेकपा भित्रको अमेरिकी परियोजना मिलेनियम च्यालेन्न कर्पोरेसनको वारेमा देखिएको रहस्यमय विवादले विदेशी पकड दलहरुमा कसरी बढेको रहेछ भन्ने जगजाहेर भएको छ ।
२.भनिन्छः इतिहास आफैँ दोहोरिन्छ । अर्थात् राजनीतिमा सत्तासीनहरुका लागि सत्ता धरापमा पर्ने परिस्थिति बारम्बार उस्तै देखापर्छ , सत्तामा हुनेले सत्ता नछोड्न गर्ने सम्पूर्ण वैध र अवैध तरिका उस्तै हुन्छन् र नेतृत्वदायी व्यक्तिहरुले त्यस्ते व्यवहार दोहो¥याउँछन् जस्तो कि पहिले पनि भएको थियो । नेकपामा वामदेव गौतमजीको साँसद बन्ने नबन्ने विवादले त्यही कुरा झल्झली सम्झाउँछ जुन कुरो किसुनजी( कृष्णप्रसाद भट्टराई) आफैँ प्रधानमन्त्री हुँदै गराएको २०४८ सालको आम निर्वाचनमा हारेपछि त्यसपछिको उप निर्वाचनमा उठ्दा देखिएको थियो । किसुनजी कहिले भन्नुहुन्थ्यो यो पाँच वर्ष म उठ्दिन ।
अचानक उहाँलाई पराजित गर्ने नेकपा एमालेका महासचिव मदन भण्डारीको दुर्घटनामा निधन भएपछि त्यही क्षेत्रमा उप निर्वाचन हुने भयो । अनि आफैँ पार्टीको सभापति हुनुभएको दल नेपाली काँग्रेसबाट उप निर्वाचनमा किसुनजीलाई नै उठाउने निर्णय भयो । त्यो बेलामा किसुनजी फेरि प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भनेको भावी प्रधानमन्त्री हुन आउनु जस्तै थियो या उहाँ सँसदमा आउनु भनेको गिरिजाबाबुको प्रधानमन्त्री पद छिन्नु थियो भनेर बुझियो र नेपाली काँग्रेसमा त्यही बेलादेखि नै घात अन्तर्घातको दोषारोपणको विषारोपण भयो जसको तुस अझै पनि बाँकी छ ।
३. फेरि त्यस्तै कथा सत्तासीन नेकपा पनि दोहोरिएको छ । अहिलेको कथा अलि भिन्न त छ तर जडमा त्यही सत्ताको सेरोफेरो र प्रधानमन्त्रीको पदमा नयाँ व्यक्तिको पदार्पण सम्भव देखिन्छ । वामदेव गौतमलाई राजनीतिमा एकजना ढिपीवाला राजनीतिक व्यक्तिका रुपमा र आफ्ना भावना खुलस्त राख्ने सिधा व्यक्तिका रुपमा चिनिन्छ । उहाँको पराजय अनपेक्षित थियो वर्दियामा वा भनौँ वाम राजनीतिक वृत्तमा तर उहाँ हार्नु भएकै हो र उहाँले त्यसपछि पनि प्रतिनिधि सभामा आउने कोसिस गर्नु नै भएको हो ।
त्यसलाई अनेक तरिकाले रोकिएको थियो भन्ने स्पष्टै देखिन्थ्यो । अनि भर्खरै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा उहाँलाई उठ्नका लागि दलले अनुरोध ग¥यो । म पाँच वर्ष जनताको राजनीति गर्छु भन्ने पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठलाई सत्ता सुन्दरीले झुकाइन् र उहाँ निर्वाचनमा भाग लिनु भयो र जित्नु भयो स्वाभाविक रुपमा नै । तर वामदेवजीले राष्ट्रिय सभाको साँसदले पनि प्रधानमन्त्री हुन पाउने प्रावधान संविधानमा नभई आफू माथिल्लो सदनमा नजाने अडान व्यक्त गर्नुभएकाले त्यसबेलामा उहाँ बाहिर बस्ने हुनुभयो । तर प्रयास यतिसम्म अघि बढ्यो कि संविधान संशोधन गर्ने र माथिल्लो सदनबाट प्रधानमन्त्री हुने प्रावधान बनाउने , त्यसका लागि संविधान संशोधनका लागि सिफारिस समिति बनाइयो पार्टीको आन्तरिक सहमतिमा , त्यो पनि सचिवालयको एक्लो निर्णयमा ।
कुनै निर्णय अभिलेखमा नजनाई अनि कुनै अनुमति विनाका सदस्यहरु राखेर । अर्थात् पूर्व प्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ् र पूर्व साँसद खिमलाल देवकोटा सदस्य रहेको समिति बनाइयो । अनि ती दुवै सदस्यहरुले आफूहरु यसरी सदस्यमा बस्न नसक्नेमात्र होइन कि यो बेला संविधान संशोधनको खास बेला नरहेको समेत जानकारी गराउनु भयो । तै पनि वामदेवजीलाई च्याँखे दाउका लागि माथिल्लो सदनमा पठाउने निधो भयो । तर प्रधानमन्त्रीले त्यसलाई एकपटक नकार्नु भयो तर अब को जाने भन्नेभन्दा पनि राष्ट्रपतिको कोटामा परेको साँसद मनोनीत गर्ने ठाउँमा अलिकति उहाँको पनि रायको आवश्यकता पर्ने होला ।
४. कुरो प्रधानमन्त्रीका लागि को उपयुक्त उम्मेदवार हो भन्ने कुरा सम्बन्धित दलको सँसदीय दलको निर्णय हो । केपी शर्मा ओली अहिले पनि सँसदीय दलको बहुमत प्राप्त नेता हो र पार्टीको एक नंबरको अध्यक्षीय नेता हो । दुईजना अध्यक्षमध्ये अर्को अध्यक्ष प्रचण्डलाई ओलीकै कृपामा कार्यकारी अध्यक्षता दिइएको छ र अहिले प्रचण्डले आफ्ना दुई धारे तरबारलाई जताततै घुमाइरहनु भएको छ त्यो पनि पुराना एमालेका पूर्व अध्यक्षहरुको सहायताले । अहिले वामदेवजीलाई उपाध्यक्ष बनाउने पनि प्रचण्डकै जोडबलले हो र प्रचण्डले अढाई वर्षपछि प्रधानमन्त्री हुने वाचालाई बिर्सनु परेको पनि ओलीजीकै ढिपीले हो ।
अबको गन्तव्य भनेको छिटै प्रचण्डको स्थापना हो प्रधानमन्त्रीमा तर प्रचण्डको चलाख्याईँले माधव नेपाललाई पनि प्रधानमन्त्रीको चकलेट चटाएको जस्तो देखिन्छ अनि वामदेवलाई जसरी पनि माथिल्लो सदनमा लगेर सभाध्यक्ष वा भावी प्रधानमन्त्रीको तयारी गर्नु उहाँको रणनीति हुनसक्छ । वामदेवजीको अतीतका व्यवहारले समाजको तुलो ओलीजी तिर ढल्केको छ र प्रचण्ड जजसको भविष्य अन्धकार वा धरापमा पारेर भए पनि छिटै आफू प्रधानमन्त्री हुने दाउमा हुनुहुन्छ । यसो हुनुमा एम सी सी प्रति उहाँले देखाउनु भएको दोहोरो नीति र सभामुखमा आफूले चाहेको पात्रमात्र राख्ने रणनीतिमा सफल जो हुनुभएको छ ।
५. र अन्त्यमा , आखिर जे जति विवाद देखिएका छन्, तिनले आगामी दिनमा नेपाली राजनीतिमा देखिने विदेशी रणनीतिको झझल्को पाइएको छ र यसपटक प्रचण्डको राजनीतिक रणनीतिले तत्काललाई विजय हासिल गरेको छ । तर यसबाट फेरि इतिहास दोहोरिने सम्भावना छ र सधैँ टुटफुटको राजनीतिमा रमाउने कम्युनिस्ट चलन फेरि पनि प्रकट नहोला भन्न सकिँदैन ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...