विदेशीयका नेपालीका आँखामा प्रमको जन्मोत्सव – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

विदेशीयका नेपालीका आँखामा प्रमको जन्मोत्सव

सुपेन्द्र बस्नेत (अमेरिका)

भनिन्छ ‘कल्पना, तर्कना, सम्झना, झझल्को आदि इत्यादिका कारण सपना देखिन्छ । तर यकिन गर्न सकिरहेको छैन कि बिदेशिएदेखि मैले कुन कारणले हो एक रातमा कम्तिमा दुईतिन वटा अनेक खाले मिश्रित सपनाहरु देख्दै आइरहेको छु ।

अचम्म लाग्दो कुरा त के लागिरहेको छ भने देखिएका लगभग सतप्रतिशत सपनाहरु जन्मभूमि नेपाल र नेपालीसंग सम्बन्धित नै देख्ने गरेको छु । परदेश छिरेको पनि लामै समय भइसक्यो सुखदुःख, रमाइलो, नरमाईलो, संघर्ष, उतार, चढाब, आरोह, अवरोहका अनुभूति पनि अथाह संग्रहित भइसके ।

तर पनि ति अनुभूतिहरु सपनीमा आकलझुकल बाहेक छचल्किदैनन् । प्रतिबिम्बित् हुदैनन् । यो मेरो लागि बढो सोचनिय र अध्ययनको बिषय बनिरहेको छ । यसै क्रममा गत फागुन १० गते राति देखेको छोटो एउटा सपनाको बारेमा केही शब्दहरु कोर्ने जमर्को गर्दछु ।

‘स्वर्गबासी भाई ज्योति तिमल्सिनालाई एकाएक भेटेको थिए । ज्योति हेटौडाबासीका लागि एक चिरपरिचित नाम हो । जो मुख्यतः सामाजिक कार्य क्षेत्रमा होमिएका थिए । राजनिति नगरे पनि एउटा सचेत नागरिकका हैसियतले आफ्नो अधिकार र कर्तब्यप्रति उनी निकै सचेत थिए ।

देशमा पछिल्लो राजनीतिक परिवर्तन (संघीय लोकतान्त्रिक गणतन्त्र) ल्याउनमा उनको पनि महत्वपूर्ण योगदान छ । बिडम्ना आफ्नो, सन्ततिको र समग्र नेपालीको उज्वल भविश्यको खातिर ०६२÷०६३ को जनआन्दोलनमा होमिएका उनले अल्पायुमै धर्ती छोडेर स्वर्गबास रोजे । अत्यन्त मिलनसार, कर्मयोगी, समाजसेवी, परोपकारी स्वर्गीय भाईलाई सम्झेर बेलाबखत यादिन्छु पनि । त्यसैको प्रतिबिम्ब पनि हुन सक्छ यो सपना ।’

देशमा निकै ठुलो आन्दोलन मच्चिरहेको थियो । दिनभर आन्दोलनमा होमिएका हामी रात परेपछि फेरी हेटौडाको मुख्य चोक सिमा चोकमा पुनः भेट्ने गरी खाना खान घरतिर लाग्यौ । म हिडेर ५ मिनटको दुरीमा रहेको बसपार्क नजिक टिसियनस्थित घरको भान्सा भित्र छिर्दा नछिर्दै ज्योति भाई हस्याङफस्याङ गर्दै आए र टर्च मागे । लोडसेडिङका कारण चुक अमिलो खनाएझै अन्धकार अध्यारो छाएको थियो । मैले सोधे, किन ज्योति …? के भयो र ..? उनले पछि भन्छु दाजु भन्दै टर्च यथासिघ्र उपलब्ध गराउन अनुरोध गरे ।

तत्काल घरमा खोज्दा नभेटेपछि घरको पहिलो तल्लामा रहेको पसलमा किन्न भनेर दुबै जना बिलम्ब नगरी तेश्रो तल्लाबाट एकैचोटी तल झर्याै । तल त सुरक्षा निकाय र आन्दोलनकारीबिच ठुलो मारामारी चलिरहेको पो रहेछ । घरको च्यानल गेटभित्र धेरै आन्दोलनकारीहरु सुरक्षाको आड लिदै चर्काचर्का नारा लगाई रहेका थिए ।

भिडका कारण छिचोलेर टर्च लिन पसलसम्म पुग्नै सकिएन । अन्धकार अध्यारोका कारण कसैलाई चिन्न पनि सकिएन । त्यही हुलमुलमा मिसिएर स्वर मच्चाउन सुरु गर्याै हामीले पनि ….यतिकैमा म बिउझिए । मुख सुकेकाले पानी पिए । देखेको सपना पुनः सबिस्तार स्मरण गर्ने प्रयास गरे ।

उठेर मुख धोई स्वर्गबासी ज्योति भाईलाई स्मरण गर्दै मृत आत्माको चीर शान्तिको कामना सहित पानी चढाए र हार्दिक श्रध्दासुमन अर्पण गरे । यस प्रसंगको पुनः स्मरणमा यिनै श्रद्धासुमनका शब्दहरु अर्पण गर्दै फेरी पनि मृत आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जलि अर्पण गर्दछु ! मध्यरात भएका कारण पुनः निदाउने कोसिस गरे तर सकिन । झन् उनीसंगको हिमचिम र उठबसको फिरिस्त याद आयो । मेरो जीवनको एक महत्वपूर्ण ब्यक्तित्व भएका कारण होला आँखाले पनि आँसु झारेर हार्दिक श्रदासुमन अर्परण गर्याे । यस्तै यस्तैमा बित्यो त्यो रात ।

बिहान उठेपछि सामाजिक सञ्जाल खोलेर हेर्दा त प्रधानमन्त्रीको जन्म दिनको शुभकामना छ्यापछ्याप्ति भइसकेको रहेछ । देशको प्रमुख कार्यकारिणी पद र नेपाली राजनितिमा चर्चा परिचर्चाको शिखरमा रहेका एक ब्यक्तित्वको जन्म दिन परेकाले सोही देशको एक नागरिकका हैसियतले उनको सुखशान्ति, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नु मेरो पनि कर्तव्य ठाने ।

उनीसंग विभिन्न सैद्धान्तिक र ब्यवहारिक असहमति तथा असन्तुष्टि रहेका बिषयहरुलाई पछि बहसमा निरन्तरता दिने गरी तत्कालका लागि बिर्सिएर । हुन त उनको जन्म दिनमा पनि अनेक खाले टिका टिप्पणी गरेर आफ्नो असहमति, असन्तुष्टि र पिडा पोख्ने जमातको कमि रहेन । अचानाको चोट खुकुरीले बुझ्न सक्दैन भने झै उनीसंग पूर्ण असहमति जनाएर उनको भावनाको अवमुल्यन पनि म गर्न चाहन्न ।

तर मानिसको जीवन चक्रमा जन्म, मृत्यु र कर्म चलेको दिन अत्यन्तै महत्वपूर्ण हुने भएकाले यि दिनहरुमा मानवीय नाताले सम्बन्धित ब्यक्तिको सकेसम्म भलो चिताएर सकारात्मक पक्षको निरन्तरताका लागि प्रशंसा सहितको उत्प्रेरणा र कम्जोर पक्षको सुधारको अपेक्षा सहित सुझाबहरु दिदै स्मरण गर्नु मानव धर्म हो । भलो चिताउन सकिन्न वा इच्छा भएन भने पनि कुभलो नचिताउनु वा पाप नचिताउनु पनि धर्म नै हो । वर्तमान राजनीतिक परिवर्तनलाई यदि उपलब्धि मान्ने हो भने प्रम केपी वलीको योगदानलाई झोक फेर्ने स्वार्थमा कदाचित अवमुल्यन वा नजरअन्दाज गर्नु हुदैन ।

विविध कारणले मनमा उब्जिएका कुण्ठा, पिडा वा असन्तुष्टिहरुलाई तत्कालका लागि थामथुम पारेर मन बुझाउन नेपालको राजनीतिक परिवर्नका बिभिन्न कालखण्डहरुमा उनले खेलेको भूमिकाहरुलाई असहमतिका अनेक कोणबाट ब्याख्या तथा बिश्लेषण गर्न त सकिएला तर त्यो अल्पकालिन अदुरदर्शी सोच तथा बिश्राम मात्र हो ।

दुरदर्शी सोंच तथा समाधान पक्कै हैन । राजनीतिक नेतृत्वका हिसाबले मुल्याङकन गर्दा २०६२÷०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, त्यसपछि तत्कालिन माओवादीलाई लगाम लगाउनेदेखि मौका पाउदा एकले अर्काेको अस्तित्व समाप्त पार्ने अवस्थासम्म सम्बन्ध रहेको त्यही माओवादीसंग पार्टी एकता गरेर दुई तिहाईको सरकार गठन गरी पार्टी र सरकारको दुबैको बागडोर आफ्नो कब्जामा लिन सफल हुनुलाई कदाचित चानचुने सफलता, साहस, चाणक्यता र क्षमताको नेपाली राजनीतिमा निकै चर्चित विषय हो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ फाल्गुन १९, ०७: ४२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ फाल्गुन १९, ०७: ४२

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ फाल्गुन १९, ०७: ४२

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...