
१.सत्ताको नेतृत्व गरिरहनु भएका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँध फेर्नु भएको छ । सत्ता परिवर्तनको सम्भावनामा कुनै संकेत देख्ने बित्तिकै उहाँले काँध फेर्ने गर्नुहुन्छ भन्ने पछिल्लो प्रमाण नै यही सत्तारोहणको समयलाई लिन सकिन्छ।
सम्भावनाको खेल हो भनेर बारम्बार आफूलाई अस्थिर पात्रका रुपमा उभ्याउने उहाँको चलनलाई अन्यथा लिनु हुँदैन भन्ने राजनीतिक वृत्तमा चित्त बुझाउन थालिएको छ जबकि उहाँ आफैँले आत्मस्वीकारोक्ति गर्नु भएको छ कि ‘म बाँचुन्जेल यस्ता उथल पुथल गरिरहन्छु’ ।
यस भनाइलाई कसैले साहसिलो कदम लिन सक्ने बहादुर नेताको रुपमा अथ्र्याउने गरेका छन् भने कसैले अब उहाँ राजनीतिमा सक्रिय हुँदासम्म यो देशका राजनीतिक स्थिरता आउँदैन भन्ने ठोकुवा गर्न थालेका छन्।
जे होस्, अप्रत्याशितरुपमा फागुन २१ गते एकवर्ष अघिदेखिको मुख्य सत्ता सहयात्री र प्रतिनिधिसभाको सबैभन्दा ठुलो दललाई केही पनि जानकारी नदिई अर्को दोश्रो ठुलो दल नेकपा एमालेसँगको सहकार्य सुरु गरेको देखिन्छ।
२. त्यसो त पोहोर पुस १० गते पनि नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बन्नु भएका प्रचण्डले करिब दुई महिनामा नै काँध फेरेर नेपाली कांग्रेसको शरणमा आउनु भएको थियो।
त्यो बेलामा एमाले र प्रचण्डका बिचमा राष्ट्रपति कसलाई बनाउने भन्ने बारेमा प्रचण्डले कांग्रेसलाई बनाउने भन्ने अडान लिएको बुझ्न सकिन्थ्यो।
तर त्यो बहाना कस्तो थियो भन्ने बुझिन्छ भने राष्ट्रपति एमाले, सभामुख एमाले, राष्ट्रिय सभाको अध्यक्ष पनि एमाले भएपछि आपूmलाई संवैधानिक रुपमा काम गर्न गाह्रो हुने लख काट्दै एमालेबाट काँध फेर्न सक्षम हुनु भएको थियो।
त्यसको जगमा एउटा कारण त थियो, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र आमनिर्वाचन र स्थानीय निर्वाचनमा गठबन्धन गरेर सहयोगी भूमिकामा निर्वाचनमा उत्रेका थिए।
त्यस कारणले फेरि एकठाउँमा आउन सम्भव भएको थियो। अहिलेको घटनाले पनि फेरि राजनीतिक दलहरुका बिचमा सहकार्य हुँदैन भन्ने देखिँदैन तर नेपाली कांग्रेसको सहयोगलाई जसरी अवमूल्यन गर्दै , उहाँकै भाषामा लात्ताले हान्न सफल भएर, नेपाली जनताले निर्वाचित गरेका सांसदहरुको तेजोबध गर्नुभयो, त्यसलाई इतिहासमा एउटा कालो दागको रुपमा लिन सकिन्छ।
३. त्यसो त नेपाली कांग्रेस र विभिन्न कम्युनिस्ट घटकहरुका बिचमा बेला मौकामा सहकार्य , कार्यगत एकता हुँदै आएको पाइन्छ । अहिलेको नेपालको संविधानका संवैधानिक प्रावधानहरुले के देखाउँछ भने मिलेर नै सरकार बनाउनु जरुरी छ, नत्र भने सरकार नै बन्दैन।
तर, एउटा प्रश्नचाहिँ सरकारका बारेमा सदैव उठ्छ, कहिले एमाले खराब, कहिले कांग्रेस खराब र असहयोगी भनेर किटान गर्दा स्वयं प्रधानमन्त्रीको कति समन्वयकारी भूमिका भएको थियो त? समीक्षाको विषय बन्न जान्छ।
४. यसपटक प्रधानमन्त्री दाहालको हुटहुटी विकासका लागि हो कि, नेपाली जनताको जनअधिकारको सुरक्षाका लागि हो कि जसरी पनि आफू र आफ्नो दल सरकारका टिकिरहने ढिपी हो भनेर राजनीतिक विश्लेषकहरुको मत भिन्नता पाइन्छ।
एकातिर वामपन्थी एकताको कुरा छ अनि सरकारमा जसलाई पनि सहयोगीको रुपमा अनुरोध गरिएको छ।
जसरी पोहोर एमालेको प्रस्तावमा प्रधानमन्त्री हुने अनि विश्वासका मतका लागि नेपाली कांग्रेससँग पनि मत माग्ने गरेकाले कांग्रेसले २०७९पुस २६गते प्रधानमन्त्री दाहाललाई मत दिएर सहयात्राको तयारी गरेको देखियो।
अनि त्यही बेलामा एमालेका चतुर अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ढोक्सा थापेको दोषारोपण गर्नु भएको थियो।
नभन्दै फागुन २५गते राष्ट्रपतिको निर्वाचनसम्ममा ढोक्सामा माछा प¥यो र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सम्माननीय राष्ट्रपति हुनुभयो। यदि माओबादी पक्षले ढिपी नलिँदो हो त नेपाली कांग्रेसका उम्मेदवार राष्ट्रपति र जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति हुन सक्नु हुन्थेन।
५.अहिलेको घटनाले पूर्ण रुप लिई सकेको छैन । यो विग्रहको सुरुवात हो भन्ने बुझ्न सकिन्छ । सबै दलमा आपसी किचलो छ।
सायद पुष्पकमल दाहालजीको सत्तारोहणको यो अन्तिम प्रयास हुनुपर्छ भन्ने अनुमान गर्ने समीक्षकहरुले भन्न थालेका छन्, मुलुकमा गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा, संघीयताका विरुद्धमा लाग्ने शक्तिहरुलाई यो एउटा पछिल्लो प्रमाणका रुपमा रहेको छ कि यदि मुलुक अझै पनि यी पुराना दलहरुले सञ्चालन गरिरहने हो भने यो देश बन्दैन।
व्यवस्थाका विरुद्धमा अवस्था परिवर्तन गर्ने एजेन्डा बनाउनेहरुका लागि पछिल्लो कडीको रुपमा काँध फेराइले देखाएको छ र प्रधानमन्त्रीजीमा अस्थिरता रोप्ने र अस्थिरतामा राजनीतिलाई हुँडलिरहने प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन।
६. अहिले यो प्रवृत्तिका विरुद्धमा कसरी मुलुकको मूलधारको राजनीतिलाई लैजाने भन्नेमा सोच्ने भनेको नै नेपाली कांग्रेस र नेकपा एमालेले हो।
२०४६देखिको प्रजातान्त्रिक सहयात्रामा रहँदा पनि प्रतिस्पर्धा र सहयोग दुवै गर्ने दलहरुको धारणा राजनीतिमा शुद्धीकरणतर्फ जानैपर्छ।
यसोभन्दा माओबादी पक्षको आफ्नो सकारात्मकतालाई पनि यी दलहरुले बिर्सनु हुँदैन। वास्तवमा माओबादी विद्रोही शक्ति हो भने उसको ठाउँ भनेको प्रमुख प्रतिपक्षको हो।
७. र अन्त्यमा, नेपाली जनताले जुन आकारमा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रलाई तयार गरेका हुन्, त्यही आकारमा र भूमिकामा राख्न नसक्दा यो अस्थिरता बढेको हो भन्ने कुराचाहिँ अब घामजस्तै छर्लङ्ग भएको छ।
सायद यो गम्भीर प्रयास पनि भइरहेको होला। धोखा कस्तो हुन्छ भन्ने बढी स्वाद नेपाली कांग्रेसले यसपटक जुन पाएको छ, यसले राजनीतिक शुद्धीकरणसँग आफ्नो दलमा आन्तरिक प्रजातन्त्र मजबुत बनाउन र प्रजातन्त्रका पक्षमा अरु डटेर हिँडेको हेर्न चाहने मतदाताहरुको धैर्यताको पनि धेरै परीक्षा नहोस् भन्ने छ।
निर्वाचनभन्दा पहिले गठबन्धन गर्नु नहुने र नेपाली कांग्रेसका धारणाहरुको आधारमा गठबन्धन फुस्कने गरी कस्तो डोरी बाटेको रहेछ त भन्ने पनि देखिन्छ।
जे गर्छन् भगवान, असलै गर्छन् भन्ने नेपाली चलन छ । यसपटकको धोखाबाट राजनीतिले असल बाटो लिन प्रेरित गरोस् र मुलुक फेरि आफ्नो आफ्नो आकारअनुसारको भूमिकामा फर्कियोस् भन्ने चाहना राजनीतिक विश्लेषकहरुको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...