
काठमाडौं। अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ ।पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ ।
भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएको बीबीसीले बताएको छ ।दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारका विभिन्न स्रोतहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको बीबसीले जनाएको छ ।
तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको बताइएको छ ।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै आठ किलोमिटर गहिराइमा थियो ।आइतबार स्थानीय समयअनुसार राति ११ : ४७ बजे भूकम्प गएको थियो ।
जेनेभा : मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ ।...
काठमाडौं : अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...