‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२’ को लागि कविता आह्वान – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२’ को लागि कविता आह्वान

काठमाडौं । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को सूचना सार्वजनिक गरेको छ ।सो प्रतियोगिता अमेरिकामा रहनु हुने समाजसेवी सपना राउतले रकम प्रायोजन गर्ने पनि जनाएको छ ।
सो प्रतियोगिताको लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने पनि जनाएको छ । साथै प्रतियोगितामा ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउनेछन् र कविता अप्रकाशित हुनुपर्ने पनि संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु. ३०,०००।- र, दोश्रा हुनेले रु. २०,०००।- र तेस्रा हुनेले रु. १०,०००।-सहित प्रमाणपत्र पाउने पनि उल्लेख गरिएको छ । साथै सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान प्रदान गर्ने पनि जनाइएको छ ।संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुसमसान्तलाई तोकेको छ ।प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशित गर्ने पनि जनाएको छ ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८२ मंसिर ३, १७: १६

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८२ मंसिर ३, १७: १६

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
  • २०८२ मंसिर ३, १७: १६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख...