‘ए’ डिभिजन लिगः आज दुई खेलमा भिडन्त हुँदै – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

‘ए’ डिभिजन लिगः आज दुई खेलमा भिडन्त हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुदैछ ।

सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । सातदोबाटो तेस्रो जितको खोजीमा छ भने आर्मी हराएर शीर्ष स्थानमा उक्लने योजनामा छ ।

सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ भने आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दोस्रो खेलमा संकटा क्लबले साविक विजेता मछिन्द्र क्लबसँग दिउँसो पौने ५ बजे प्रतिस्पर्धा गर्दैछ ।

दुवै टिम तीन अंक जोड्ने योजनामा छन् । ४ खेलबाट संकटा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार

विश्वकप : पानामालाई क्रोएसियाले हरायो
विश्वकप : पानामालाई क्रोएसियाले हरायो
  • २०७८ पुष २, ०८: ४८

काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको...

इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश
इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश
  • २०७८ पुष २, ०८: ४८

काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार...

उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
  • २०७८ पुष २, ०८: ४८

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित...