
काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार दोस्रो जित निकाल्दै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
फ्रान्सको जितमा क्लियन एम्बाप्पे चम्किए। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। यससँगै एम्बाप्पेले विश्वकपमा १६ गोल पूरा गर्दै जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन्। अर्जेन्टिनाका स्टार लिओन मेस्सीको कीर्तिमान तोड्न भने उनलाई अझै तीन गोल आवश्यक छ।
खेलको पहिलो हाफमा अत्यधिक वर्षाका कारण केही समय खेल प्रभावित बनेको थियो भने दोस्रो हाफ ढिलो सुरु गरिएको थियो। त्यसपछि ६६औँ मिनेटमा ओसामे डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए।
लगातार दुई जितपछि फ्रान्स ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ भने इराक दबाबमा परेको छ।
काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको...