
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको छ ।
ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपे ।
खेलको पाँचौँ मिनेटमै ब्रोबेयले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै आएको बललाई सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३–० बनाए । उनले ५४औँ मिनेटमा अर्को गोल थप्दै टोलीलाई ४–० को मजबुत अवस्थामा पुर्याए ।
स्विडेनका लागि ५९औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले सान्त्वना गोल फर्काए । तर खेलको अन्त्यतिर समरभिलले थप एक गोल गरेपछि नेदरल्यान्ड्सले ५–१ को प्रभावशाली जित दर्ता गर्यो ।
यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।
काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको...
काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित...