
काठमाण्डौं । नेपालले एसीसी प्रिमियर कपमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट ग्राउण्डमा बिहिबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४०.१ ओभरमा अलाउट हुँदै जम्मा १५७ रनको योगफल बनाएको हो ।
कुल १११ रनमा ९ विकेट गुमाएको अवस्थामा नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए ।
सन्दीपले नेपालका लागि सर्वाधिक ४२ रनको पारी खेले भने सन्दीपले नेपालका लागि सर्वाधिक रनको पारी खेले भने कप्तान रोहित पौडेलले २७ रन बनाए । यो सन्दीपको एकदिवसीय करियरको सर्वाधिक स्कोर समेत हो ।
नेपालले कुल ९ रनको योगफलमा आफ्नो पहिलो दुई विकेट गुमाउँदै खराब शुरुवात गरेको थियो । कुशल भुर्तेल २ रन बनाउँदै गायान मुनाविराको सिकार बन्दै पभिलियन फर्किएका थिए । यस्तै भिम सार्की ६ रन बनाउँदै मुनाविराकै बलमा आउट भएपछि नेपालको संकट शुरु भएको थियो ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...