
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको हो।
नेपालले गत चैतमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्म्क सिरिज अन्तर्गतको खेलमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो। त्यसपछि घरेलु मैदानमा नै भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा समेत छनोट भएको छ। पछिल्लो समय उच्च लयमा रहेको नेपाली टोलीले विश्वकप छनोटमा टेष्ट राष्ट्रसँग खेल्नेछ।
नेपालले आगामी जुन जुलाइमा जिम्बाबेमा हुने विश्वकप छनोट खेल्नेछ।यही महिनाको अन्तिममा दक्षिण अफ्रिका जाने टोलीले अभ्यास खेलपछि उतैबाट जिम्बाबे जाने भएको हो ।
नेपालको प्रारम्भिक टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सुदिप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा छनोट भएका छन् ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...