
काठमाडौं । नेपालले तेस्रो महिला टि २० आई खेलमा मलेसियाविरुद्ध सानदार जित हात पारेको छ । बांगीस्थित युएसडी युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।
नेपालले जितका लागि दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रनमै समेटिएको हो । मलेसियाका लागि माहिरा इज्जती स्माइलले सर्वाधिक ४४ रन जोडिन् । ६ चौका प्रहार गरेकी उनी अविजित रहिन् । साथै ओपनर विनफ्रेडले २० रन जोड्नुबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन ।
बलिङमा नेपालका लागि कविता कुँवर, सिता रानामगर र इन्दु बर्माले समान एकएक विकेट लिए ।
यो जितसँगै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता कायम गरेको छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । अब नेपाल र मलेसियाबीच चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुने भएकाे छ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...