ओमनद्वारा नेपाललाई २६८ रनको लक्ष्य – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

ओमनद्वारा नेपाललाई २६८ रनको लक्ष्य


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता भइरहेको अभ्यास खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्था गरिरहेको छ । खेलमा ओमानले नेपाललाई दुई सय ६८ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको ओमानले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ६७ रन बनाएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले सतकीय पाली खेले । उनले एक सय ६ बलको सामना गरी एक सय नौ रन बनाए । मक्सुदको आक्रामक ब्याटिङसामु नेपालका बलर निरिह देखिएका थिए । सोइब खानले पनि ४८ बलको सामना गरी ३८ रन बनाएका थिए ।

खेलको प्रारम्भमा नेपाली बलरहरुले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । ओमानले केवल सात रनको कुल स्कोरमा आफ्नो चार विकेट गुमाएको थियो । पहिलो र दोस्रो विकेट सोमपाल कामीले लिएका थिए भने तेस्रो विकेट करण केसीले हात पारेका थिए ।

त्यसपछि ओमानको चौथो विकेट सोमपाल कामीले लिए । पाँचौं विकेट सन्दीप लामिछाने र छैटौं विकेट प्रतिष जीसीले लिएका थिए । सातौं विकेटका रुपमा सोमपालले ओमानका कप्तान मक्सुदलाई पेभेलियन फर्काएका थिए । कप्तान मक्सुदका कारण नै ओमानको ब्याटिङ लयमा फर्किएको थियो ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० जेष्ठ ३२, १६: ४३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० जेष्ठ ३२, १६: ४३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० जेष्ठ ३२, १६: ४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...