एसीसी इस्ट जोन कप : नेपालको शानदार जीत – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

एसीसी इस्ट जोन कप : नेपालको शानदार जीत


काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई ८४ रनले पराजित गरेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाउँदै दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले ९९ रन बनाउँदा आप्mना सबै विकेट गुमाएको हो ।

त्यसपछि नेपालले जित हात पार्दै समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । मलेशियाका मोहम्मद अलिफले १५ रन बनाए भने मोहम्मद हैजिलले २५ रन बनाए ।

नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन दिएर ४ विकेट लिए भने अभिषेक तिवारीले ४।५ ओभरमा २६ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सन्तोष यादवले ५ ओभरमा २ मेडन राख्दै २ विकेट हात पारे । त्यस्तै कीर्तिक कामतले १ विकेट हात पारे ।

त्यसअघि नेपालका अशोक धामीको विस्फोटक ब्याटिङको सहायताले ३३.४ ओभरमा १८३ रन बनायो । नेपालका लागि सूर्याशु कोइराला र नरेनले २९/२९ रन बनाए । त्यस्तै कीर्तिक कामतले १६ रन बनाएका थिए ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० असार १५, १२: ४५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० असार १५, १२: ४५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० असार १५, १२: ४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...