
काठमाडौं । नरेन भट्टले अविजित शतकीय इनिङ्स खेलेपछि नेपालले मलेसियामा जारी एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा घरेलु टोली मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो ।
नेपालका लागि नरेन भट्टले अविजित एक सय १२ रन बनाए । उनले ८९ बलमा १० चौका र दुई छक्काको सहयोगमा शतकीय इनिङ्स खेलेका छन् ।
निरज यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८ र अशोक धामीले १२ रन जोडे । बलिङमा मलेसियाका मुहम्मद अक्रमले तीन तथा अरेन अकील र मुहम्मद फदुलले एक एक विकेट लिए ।
नेपाल आज मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्ने अभियानमा छ । सेमिफाइनलमा नेपालले सिङ्गापुर र मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । समूह चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...