महिला टी–२० आई सिरिज : नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

महिला टी–२० आई सिरिज : नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित


काठमाडौँ । चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ। आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो।

नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो । नेपालका लागि इन्दु बर्माले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । खुसी डंगोलले दुई तथा कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक–एक विकेट लिए ।

कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। बायोमास ओभलमा कुुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि इन्दु वर्माले १९ बलमा २ चौका मद्धतमा २३ रन बनाइन् । बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कुवेतका लागि मरियम हैदर चार, मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजा खलीलले एक–एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।

एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन रुपमा तालिकाको पुछारमा छ।

नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ। समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्ने भएकाे छ ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० भाद्र ६, १६: ४२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० भाद्र ६, १६: ४२

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० भाद्र ६, १६: ४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...