एसिया कप खेल्न क्रिकेटर लामिछाने पाकिस्तान प्रस्थान – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

एसिया कप खेल्न क्रिकेटर लामिछाने पाकिस्तान प्रस्थान


काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ ।

लामिछाने आज बिहान कतार एयरवेजको जाहाजबाट एसियाकप खेलनका लागि पाकिस्तान जाँदैछन् । नेपाली क्रिक्रेटका अन्य टोली भने पाकिस्तान पुगिसकेको छ ।

लामिछानेको भने नाबालिका बलत्कारको अभियोगमा चलिरहेको मुद्दाको आइतबार सुनुवाईको समय तोकिएकोले उनको पाकिस्तान यात्रा रोकिएको थियो । अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् ।

जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ गते नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेले एसिया कप खेल्नका लागि आफु फिट रहेको बताएका छन् । एसिया कप खेल्नका लागि आज पाकिस्तान प्रस्थान गर्नु अघि सन्दीपले आफु खेल्नकै लागि जन्मिएको र खेलका लागि फिट रहेको प्रतिक्रिया दिएका हुन् ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० भाद्र ११, ११: १८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० भाद्र ११, ११: १८

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० भाद्र ११, ११: १८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...