आइसिसी टी २० : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

आइसिसी टी २० : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल


काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मलेसिया भने ओमानसँग ३२ रनले पराजित भएको थियो। घरेलु टोली नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ।

आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएसँगै नेपालले मलेसियालाई हराएमा सेमिफाइनल समीकरण पुरा भएको हो। नेपाल विजयी हुँदा समूह ‘ए’ बाट ओमान पनि सेमिफाइनलमा पुग्ने छ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। दीपेन्द्रसिंह ऐरीको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।

नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्ने छ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० कार्तिक १४, १३: २५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० कार्तिक १४, १३: २५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० कार्तिक १४, १३: २५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...