नेपाल टी -२० विश्वकप छनोटको सेमिफाइनलमा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

नेपाल टी -२० विश्वकप छनोटको सेमिफाइनलमा


काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो ।

नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । ओमानले आज सिंगापुरविरुद्ध जित निकालेको थियो । सिंगापुर र मलेसिया भने बाहिरिएको छ ।

ओपनर आशिफ शेख ३२ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल २ रनमा आउट भएका थिए । नेपालका सन्दीप जोरा १८ रनमा नटआउट रहे । त्यस्तै विवेक यादवले २ रन बनाए ।

मलेशियाका लागि मोहम्मद अमिरले ३ विकेट लिएका थिए भने पवनदीप सिंहले १ विकेट लिएका थिए ।बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० कार्तिक १४, १६: २५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० कार्तिक १४, १६: २५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० कार्तिक १४, १६: २५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...