नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १–१ को बराबरी – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १–१ को बराबरी

काठमाडौं । लुम्बिनी एफसी र एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १–१ को बराबरी खेलेका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको इन्जुरी समयमा स्टेफन बिनोङले गोल गरेपछि बुटवलले हार टारेको हो । खेलको ४८औँ मिनेटमा उत्सब राईले गोल गर्दै चितवनलाई अग्रतामा राखेका थिए ।

बुटवलका किपर मोहमोदोउले रिलिज गरेको बल उत्सवले नियन्त्रणमा राख्दै गरेको भलि प्रहार मोहमोदको हातमा बल लागे पनि उनले बचाउने अवसर नै पाएनन् । तर, थपिएको पाँच मिनेट सम्हालिन नसक्दा चितवन अंक बाड्न बाध्य बन्यो ।

तर, इन्जुरी समयमा बिनोङले गोल गरेपछि बुटवल चिवतनबाट एक अंक खोस्न सफल भएको हो । मणीकुमार लामाले मैदानको मध्यभागबाट निकालेको बललाई बिनोङले ६ यार्ड बक्स नजिकबाट दुई रक्षक र गोलकिपरलाई बिट गर्दै गोल गरे ।

यो बराबरीसँगै चितवनले लिगमा चार खेल खेल्दा पाँच अंक जोडेको छ । चितवनले यसअघिका तीन खेलमध्ये एकमा जित, एकमा बराबर र एक खेलमा हारको नजिता आत्मसात गरेको थियो ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० मंसिर २१, २०: १५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० मंसिर २१, २०: १५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० मंसिर २१, २०: १५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...