
काठमाडौँ । मिर्गौला पीडितहरूले स्वेच्छाले आफ्नो मिर्गौला दिन सकिने कानुनी व्यवस्था मिलाइनुपर्ने माग राखेका छन् । सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका मिर्गौला पीडित सरोकार समितिले स्वेच्छाले मिर्गौला दान दिन पाउनुपर्ने लगायत विभिन्न ३५ माग राखेको हो ।
उनीहरूले अङ्ग प्रत्यारोपण दिने व्यक्तिलाई जीविकोपार्जनका लागि मासिक भत्ता प्रदान गरिनुपर्ने, मित–मितिनी, आमा, दाजु, भाइ, बहिनी, साला, साली, भन्जाभान्जी, मित्यौरी साइनोले पनि मिर्गौला दान दिन पाउने कानुन बनाउन माग गरेका छन्।
उनीहरूले मिर्गौला बिरामीको ४० वर्ष भन्दा कम उमेरको हकमा २ पटकसम्म चेकजाँच सरकारले निःशुल्क गर्नुपर्ने माग राखेका छन्।
सात वटै प्रदेशमा चाँडो भन्दा चाँडो प्रत्यारोपण केन्द्रहरू सञ्चालन गरिनुपर्ने, हेमाडाइलासिस, पोजेटिभ डाइलासिस ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न पनि माग गरेका छन् ।





काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....