जुन पार्टीबाट पनि चुनाव जित्ने भाग्यमानी नेता – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

जुन पार्टीबाट पनि चुनाव जित्ने भाग्यमानी नेता

सुनसरी । सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले निर्वाचनमा सफलता पाएका छन् । सुनसरी क्षेत्र नं. ३ बाट गठबन्धनकी एमाले नेतृ भगवती चौधरीलाई फेरी पनि पछि पार्दै गच्छादार विजय भएका हुन् । विजयी गच्छादारले झिनो मतको अन्तरले निर्वाचन जिते पनि मत भने अत्याधिक प्राप्त गरेका छन् । जसमध्ये गच्छादारले ३८९७२ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी एमालेकी भगवती चौभरीको ३८६९१ मत प्राप्त गरेकी छिन् ।

गच्छादार र चौधरीको मतान्तर जम्मा ३२१ मात्र रहेको छ । सुरुदेखिनै भगवती चौधरीको अग्रता भएता पनि अन्तिमतिर आएर गच्छादाले अग्रता लिदै विजयी भएका हुन् । निकै लामो मत गणनापछि मात्रै सुनसरी क्षेत्र नं. ३ को प्रत्यक्ष तर्फको मत गणना सकिएको थियो ।

निकै लामो रस्साकस्सी पश्चात मत गणानाको अन्तिम नतिजा प्राप्त हुँदा कांग्रेसीहरुको ठूलो उत्साह सुनसरीमा देखिएको थियो । प्रत्यक्ष तर्फको अन्तिम परिणाममा कांग्रेसका विजय गच्छादार २३औं प्रतिनिधिसभा सदस्य हुन् ।
विजयकुमार गच्छादार शुरुदेखि सोही स्थानबाट निर्वाचनमा विजयी भई रहेका स्थापित नेता भएका कारण अन्य व्यक्तिहरुले उक्त निर्वाचन क्षेत्रमा निर्वाचन जित्न जति कसरत गरे पनि सफलता पाउन सकेका छैनन् । मत गणना भईरहँदा पनि प्रतिस्पर्धी चौधरीले गच्छादारमाथि आपती जनक आरोप लगाई रहेको र पटक पटक गणना कार्य स्थगन हुँदा पनि अन्तमा गच्छादारनै विजयी भई छाडे ।
विजयकुमार गच्छादार २०६४ सालको पहिलो संविधानसभाको चुनावको केही समय अगाडि कांग्रेस छोडेर मधेश केन्द्रीत दल फोरम नेपालको स्थापना गरी उपेन्द्र यादव लगायतसँग पार्टी खोलेर पहिलो संविधान सभामा राम्रो उपस्थिति देखाएका गच्छादार र उपेन्द्र यादव धेरै समय एउटै पार्टीमा बस्न सकेनन् । त्यसपछि उपेन्द्र यादवले नयाँ पार्टी गठन गरे ।

गच्छदार लोकतान्त्रिक मधेशी फोरमबाटै मधेशमा राजनीति गरेपश्चात गच्छादार तत्कालिन सरकारको नेतृत्वकर्ता के.पी ओली र प्रचण्ड सरकारमा पटक पटक उपप्रधानमन्त्री बने । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वमा बनेको सरकारका उपप्रधानमन्त्री तथा जलस्रोत मन्त्री हुँदै कांग्रेसमा पुन प्रवेश गरी पार्टी समेत विलय गराएर पुनः कांग्रेसको राजनीतिबाट सोही स्थानबाट विजय भएका छन् । त्यसैले अब कांग्रेसको मधेशको राजनीतिमा पुनः सुधार हुने अपेक्षा राजनीतिक वृत्तमा गरिएको छ ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७४ पुष ४, ०९: ०४

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०७४ पुष ४, ०९: ०४

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०७४ पुष ४, ०९: ०४

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...