
पोखरा । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट अनियन्त्रित भएर त्रिशूली नदी किनारमा खस्दा त्यसमा सवार ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...