नेपालले झिनो गोल अन्तरले किर्गिस्तानलाई हरायो – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

नेपालले झिनो गोल अन्तरले किर्गिस्तानलाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको किर्गिस्तानविरूद्ध १-० गोलको जित निकालेको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा गरेको गोलको मद्दतमा नेपालले जित निकालेको हो।
खेलको दसौं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। उनले सविता राना मगरको पासमा डिबक्स भित्रबाट गोल गरेकी थिइन्।
त्यसपछि नेपालले अग्रता दोब्बर गर्न पाएको अवसर सदुपयोग गर्न सकेन। नेपालका लागि पहिलो हाफमा रेखा पौडेल र रश्मीकुमारी घिसिङले पाएका अवसर सदुपयोग गर्न सकेनन्।
पहिलो हाफको इन्जुरी समयमा नेपाल अभागी सावित भयो। सुरूमा रश्मीको प्रहार बारमा लागेर फर्कियो। त्यसपछि सिक्स यार्ड बक्समा अनमार्क रहेकी सविताले रिबाउन्डमा गरेको प्रहार पनि बारमै लागेर फर्कियो। त्यसपछि फेरि रेखाले हानेको प्रहारमा किर्गिस्तानकी गोलकिपर बाधक बनिन्।
खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी दोस्रो हाफमा मैदान छिरेकी थिइन्। फ्रान्समा व्यावसायिक फुटबल खेल्ने सावित्रा आज बिहान मात्र नेपाल आइपुगेकी थिइन्। साम्बालाई प्रशिक्षक राजेन्द्र तामाङले डिफेन्डर विमला विकको स्थानमा मैदान छिराएका थिए।
दोस्रो हाफमा नेपालले अंग्रपक्तिमा समस्या देखिँदा गोल गर्न सकेन। दोस्रो हाफमा विमला चौधरीले हातले बललाई जाली चुमाएपछि रेफ्रीले पहेँलो कार्ड देखाएकी थिइन्। यस्तै सविता राना मगर डिबक्स भित्र पाएको अवसरमा चुकेकी थिइन्।
किर्गिस्तानले खेलमा नेपालविरूद्ध खासै आक्रमण बुन्न सकेन। दोस्रो हाफमा किर्गिस्तानकी फरवार्डले डिबक्स बाहिर अवसर पाए पनि नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले विफल पारिन्।
दोस्रो हाफको इन्जुरी समयमा अनिता बस्नेतले क्रस गरे पनि नेपाली फरवार्ड भेट्टाउन सकेनन्। अनिताको क्रसलाई किर्गिस्तानकी गोलकिपरले पन्च गरेपछि नेपालकी प्रिति राईको प्रहार अकासियो।
नेपालले किर्गिस्तानविरूद्ध ६ वर्षपछि प्रतिस्पर्धा गरेको हो। यसअघि सन् २०१९ मा नाजेदा कपमा ८-२ गोलको जित निकालेको थियो।

सम्बन्धित समाचार

विश्वकप : पानामालाई क्रोएसियाले हरायो
विश्वकप : पानामालाई क्रोएसियाले हरायो
  • २०८१ फाल्गुन ६, ०९: ०४

काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको...

इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश
इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश
  • २०८१ फाल्गुन ६, ०९: ०४

काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार...

उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
  • २०८१ फाल्गुन ६, ०९: ०४

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित...