मन्त्रिमण्डलमा कमल थापाको दादागिरी – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

मन्त्रिमण्डलमा कमल थापाको दादागिरी

काठमाडौं । दोस्रो संविधानसभामा राजतन्त्र र हिन्दु राज्यको नारा दिएर समानुपातिकबाट २५ सिट जित्न सफल रहेको राप्रपा नेपालको मुसा प्रवृतिका कारण पटक पटक सरकारमा पस्ने र निस्कदै आईरहँदा यस पटक जनताबाट नराम्ररी पछारिन पुगेको छ ।

राष्ट्रिय महाअधिवेशन गरेर चौथो शक्तिको रुपमा नेपाली राजनीतिमा उदाएको रा.प्र.पा.का अध्यक्ष तथा वर्तमान सरकारका उपप्रधान तथा जलस्रोत मन्त्री कमल थापाको दादागिरीका कारण प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अगाडि राप्रपा तीन टुक्रामा विभाजित भएको थियो ।

तैपनि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका कारण ३ मध्ये कमल थापा र पशुपति शमशेर जबराको गरी रा.प्र.पाका दुई गुटलाई सरकारमा आउने आर्शीवाद प्राप्त भएपछि नेपाली राजनीतिबाट झण्डै हराईसकेका पुराना पञ्चायती साशकका रुपमा परिचित कमल थापाले सरकारमा आउने र उपप्रधानमन्त्री जस्तो गरिमामय पद पाएका हुन् । त्यही पनि निर्वाचनमा भने सफलता पाएनन् ।

नाम मात्रको लोकतान्त्रिक गठबन्धन गरेर मकवानपुर २ नं. क्षेत्रबाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचनमा लडे पनि पराजित भएका कमल थापा अहिलेसम्म पनि सरकारमा हालीमुहाली गरिरहेका छन् । त्यसको ज्वलन्त उदाहरण सरकारमा रहेका आफ्ना तर्फका शहरी विकास मन्त्री दिलानाथ गिरीलाई हटाएर पुन आफै सो मन्त्रालयको जिम्मेवारी लिन पुगेका छन् । पार्टीको आन्तरिक कलहका कारण शहरी विकास मन्त्री दिलानाथ गिरीलाई सरकारबाट बर्खास्त गर्न लगाएर उक्त मन्त्रालय आफँैले समाल्नु कतै ठूलो माछा हात त लगाउने चाजोपाजो त होईन ? राजनैतिक वृतमा खैलाबैला चलेको छ ।
आफ्नै पार्टीका नेतालाई पदमुक्त गर्ने थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्र लेखि पदमुक्त गर्न लगाएका हुन् । बिहिबारको मन्त्री परिषद्को बैठकमा थापा र गिरीबीच शहरी विकास मन्त्रालयको सचिव कसलाई बनाउने भन्ने बारे विवाद चर्कर्दै गएपछि थापाले गिरीलाई मन्त्री पदबाटै मुक्त गर्न लगाएपछि थापाको राप्रपा फेरी फुटको संघारमा पुगेको छ ।

थापाले आफूसँग सल्लाह नगरी सचिव सरुवा गरी ल्याउने प्रस्ताव सिधै अस्वीकार गरेका थिए । वर्तमान सचिव दीपेन्द्रनाथ शर्मालाई हटाएर डा. रमेश कुमार शर्मालाई ल्याउने तय गरेका गिरी आफैं मन्त्री पदबाट बाहिरिनु परेको छ । एउटा मन्त्रालयको सचिव परिवर्तन गर्ने कुरालाई लिएर मन्त्री परिषद्भित्रै उपप्रधान मन्त्री र मन्त्रीबीच बाजाबाज हुनु मन्त्रीपरिषद्को गरिमा माथिनै आँच सचिव सरुवा र हेरफेरमा यस घटनाले सरकारका मन्त्री र उपप्रधानमन्त्रीको विशेष चासो हुनु, लेनदेनको कुरो नमिलेर त हैन भन्ने सर्वत्र चर्चा हुन थालेको छ ।
राप्रपाका कमल थापाको पार्टीले भर्खरै सम्पन्न भएको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गरेपनि झापामा कृष्णप्रसाद सिटौलालाई हराउन राजेन्द्र लिङ्देललाई उठाएको र एमालेको भित्रि साँठगाँठबाट राजेन्द्र लिङ्देल निर्वाचनमा विजयी भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई कमल थापालाई सरकारबाट हराउन पार्टी भित्रैबाट दबाब हुँदा पनि अहिलेसम्म हटाउन सकेका छैनन् । उल्टो राष्ट्रिय पार्टी समेत अयोग्य भएको, नेपाली जनताले पूरा राजनीतिबाट पाखा लगाईदिएको भएपनि प्रधानमन्त्री शेर बहादुर देउवाले भने कमल थापाले जे गरे पनि उनको पक्षमा किन काम गरिराखेका छन् भन्ने बारे पार्टीभित्रै पनि कसैलाई पत्तो नभएको कांग्रेसका एक नेताले बताए ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७४ पुष २४, ०८: १४

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०७४ पुष २४, ०८: १४

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०७४ पुष २४, ०८: १४

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...