मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात

काठमाडौँ : कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सानदार सुरुवात गरेको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

कान्सास सिटीमा भर्खरै सम्पन्न खेलमा ३८ वर्षीय मेसीले विश्वकपमा कीर्तिमानी छैटौँ सहभागिता जनाए । खेलको आठौँ मिनेटमा उनले गोल गरे पनि अफसाइडका कारण त्यो प्रयास मान्य भएन ।

तर मेसीलाई गोलका लागि धेरै कुर्नु परेन। केही मिनेटपछि उनले आफ्नो परिचित शैलीमा विपक्षी खेलाडीलाई छल्दै पेनाल्टी क्षेत्रको किनाराबाट प्रहार गरे ।

शक्तिशाली प्रहारलाई अल्जेरियाका गोलकिपर लुका जिदानले रोक्न सकेनन् र अर्जेन्टिनाले अग्रता लियो । दोस्रो हाफको ६०औँ मिनेटमा अलेक्सिस म्याक एलिस्टरको प्रहार गोलकिपरबाट रिबाउन्ड भएपछि मेसीले सहज ट्याप–इन गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे ।

७६औँ मिनेटमा मेसीले फेरि एकपटक जादुमय क्षण सिर्जना गरे । पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सटिक प्रहारले जाली चुमेपछि उनले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे ।

यो गोलसँगै मेसी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेसँग बराबरीमा पुगे । दुवैको नाममा अब १६–१६ विश्वकप गोल रहेको छ ।

ह्याट्रिक पूरा गरेको तीन मिनेटपछि मेसीलाई मैदानबाट बाहिर निकालिँदा दर्शकले उभिएर सम्मान प्रकट गरेका थिए । प्रशिक्षकले उनलाई आराम दिनका लागि परिवर्तन गरेका भए पनि मेसी स्वयं भने मैदान छाड्दा केही निराश देखिएका थिए ।

सन् २०१९ को अफ्रिका कप अफ नेसन्स विजेता अल्जेरियाले खेलमा खास प्रभाव छोड्न सकेन । नवौँ मिनेटमा फारेस चाइबीले गरेको गोल पनि अफसाइडका कारण रद्द भएको थियो ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८३ असार ३, ११: १२

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८३ असार ३, ११: १२

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०८३ असार ३, ११: १२

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...