वृद्ध उमेरमा चुनावको चटारो – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

वृद्ध उमेरमा चुनावको चटारो

पोखराः उमेर सात दशक पुग्यो तर पनि सकी नसकी उकाली ओराली गर्दै अहिले उम्मेदवार शुक्रराज शर्मा मतदाताको घरदैलोमा पुग्नुभएको छ । कास्की क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका शर्मा जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराउने १९ दल र तीन स्वतन्त्रका ९५ उम्मेदवार मध्येका सबैभन्दा पाका ७० वर्षीय हुनुहुन्छ ।

प्रत्यक्षतर्फबाट एक पटक निर्वाचित हुने उहाँको धोको पूरा गर्ने आशामा सम्भवतः उहाँ अन्तिम पटकको उम्मेदवार हुनुहुन्छ । लामो समयसम्म कास्की काँग्रेसको नेतृत्वमा रहेर पार्टीको संगठन विस्तारमा विशेष योगदान पु¥याउनुभएका शर्माको यो उम्मेदवारी तेस्रो पटक हो ।

निडर, त्यागी र प्रष्ट वक्ताका रुपमा परिचित शर्माले प्रजातन्त्रको पुनर्वहालीमा लाग्दा पटक–पटक जेल सजायसमेत बिताउनुभएको छ । शर्माले पार्टीलाई पु¥याएको योगदानको कदर गर्दै नेपाली काँग्रेसले २०५६ सालमा राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेपछि उहाँ एक कार्यकाल सांसद बन्नुभएको थियो ।

आफ्नो जन्मथलो क्षेत्र नं ३ हालको अन्नपूर्ण गाउँपालिका–५ सल्यान भए पनि अघिल्ला चुनावमा बसाइँ सरेको क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धा गर्दा उहाँले पटक–पटक हार व्यहोर्नु प¥योे ।

आफ्नै जन्मथलो क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका शर्मा यसपालि भने विजयी हुनेमा ढुक्क हुनुहुन्छ । उहाँको टक्कर वामगठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य जगतबहादुर सुनार विश्वकर्मासँग हुनेछ । घरदैलो कार्यक्रममा उहाँले नेपाली काँग्रेसले जितेमात्रै लोकतन्त्र संस्थागत हुने र आर्थिक समृद्धि तथा विकास हुने भएकाले काँग्रेसलाई जिताउन आग्रह गर्दै हिँड्नुभएको छ ।

प्रतिनिधिसभाको क्षेत्र नं ३ मा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा ८८ हजार ७१७ मतदाता रहेका छन् । सो क्षेत्रमा कास्कीको अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका तथा पोखरा–लेखनाथ महानगरपालिकाका वडा नं १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ पर्छन् ।

सम्बन्धित समाचार

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०७४ मंसिर ७, ०९: ४१

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...

रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
  • २०७४ मंसिर ७, ०९: ४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ मंसिर ७, ०९: ४१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...