काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले चिनमा विविध नेपाली लोक नृत्य प्रस्तुत गरेको छ । बेइजिङ्ग डान्स ऐकेडेमी, बेइजिङ्ग, चीनद्वारा २२ देखि २७ अक्टुबरसम्म चीनको बेइजिङ्गमा सम्पन्न ‘ट्रेडिस्नल डान्स पर्फमेन्स सो एन्ड एक्सचेन्ज–२०१७मा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाली लोक कला प्रस्तुत गरेको हो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट कुलपति भक्त श्रेष्ठ (सरुभक्त) को नेतृत्वमा उपकुलपति शम्भूजीत बासकोटा, प्राज्ञ उन्नती बोहरा ‘शीला’, प्राज्ञ परिषद सदस्य माधव प्रधानको टेलीसँगै गएका कलाकारहरुले त्यहाँ यस्ता नृत्य प्रस्तुत गरेका हुन् । वभिन्न प्रदेशहरुबाट चयन गरिएका कलाकारहरुले कार्यक्रममा नेपालमा प्रचलित परम्परागत विवाह परम्परा, सोरठी नृत्य र पञ्चेवाजाका लोक धुनहरु प्रस्तुति गरे ।
कार्यक्रममा चीनका विभिन्न प्रान्तका साथै नेपाल सहित विभिन्न देशका कलाकारहरुको सहभागिता थियो । यो अन्तर्राष्ट्रिय परम्परागत नृत्य महोत्सवमा प्रज्ञा प्रतिष्ठानले विविध नेपाली लोक सस्कृतिक प्रस्तुत गर्दै नेपाललाई लोक नृत्यका रुपमा चिनाउने अबसर पाएको प्रतिष्ठानका तर्फबाट जानकारी गराईएको छ ।
प्रतिष्ठानका तर्फबाट कुलपति सहित डा. घ
नश्याम खतिवडा, दीपक बोहरा, दिपेन्द्र कुमार बानिया, कल्पना वादी, दिपिका शर्मा, माधवप्रसाद त्रिपाठी, धनबहादुर गायक र धनबहादुर गुरुङ्ग गरी १२ जनाको कलाकार टोलीले सो एक्सचेन्ज कार्यक्रममा सहभागी थिए । कार्यक्रमबारे उपकुलपति शम्भूजीत बासकोटाले स्थानीय टेलिभिजनहरुमा प्रकाश पार्दै साक्षात्कार समेत गरेका थिए ।
उपकुलपति बासकोटाका अनुसार कार्यक्रममा दीपेन्द्रकुमार वानिया, कल्पना वादी, दिपीका शर्माले सोरठी नृत्य प्रस्तुत गरेका हुन् । धनबहादुर गुरुङ्ग, धनबहादुर गायक, माधव प्रसाद त्रिपाठीले सोरठी गीत र पञ्चेबाजाका मौलिक धुनहरु प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रमको निर्देशन उपकुलपति शम्भूजीत बासकोटाले र समन्वय प्राज्ञ माधव प्रधानले गरेका थिए । विभिन्न देशका लोक तथा परम्परागत संस्कृतिहरुबारे आयोजित सेमिनारमा नेपालका तर्फबाट डा. घनश्याम खतिवडाले नेपालका परम्परागत लोक नृत्यहरुबारे कार्यपत्र प्रस्तुत गरे ।
सोही अबसरमा नेपाली सांस्कृतिक टोलीलाई चिनियास्थित नेपाली राजदुतावासले रात्रीभोजको आयोजना ग¥यो । चीनस्थित नेपाली राजदुतावासका राजदुत लीलामणि पोखरेलले नेपाली कलाकारले त्यहा प्रस्तुत गरेको कार्यक्रमको प्रशंसा गर्दै भविष्यमा पनि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न पहल गरिने वताए । सोही क्रममा कुलपति सरुभक्तले भविष्यमा पनि प्रज्ञा प्रतिष्ठानबाट यस प्रकारका कार्यक्रमहरु अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना गरिने प्रतिबद्धता जनाए । चीनको सो कार्यक्रममा सम्पन्न गरेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको टोली आईतबार नै नेपाल फर्की सकेको छ ।
सो क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र बेजिङ्ग डान्स एकेडिमीबीच भेटघाट पनि सम्पन्न भयो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति बासकोटा लगायतले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाली गीत संगीत, नाटक, नृत्य बारे प्रकाश पारेका थिए ।
यस्तै सो भेटमा बेइजिङ्ग डान्स एकेडेमीका तर्फबाट उपकुलपति, नृत्य निर्देशक, अन्तर्राष्ट्रिय मामिलाका निर्देशक लगायतको उपस्थिति थियो । भेटघाटमा आगामी दिनमा नेपाल र चीनकाबीच सांस्कृतिक आदान प्रदानका कार्यक्रमहरु आयोजना गरिने सहमति भएको कुलपति सरुभक्तले जानकारी गराएका छन् । उक्त छलफलमा दुवै देशका प्रज्ञा प्रतिष्ठानकाबीच सम्बन्ध विस्तार गरिने प्रतिबद्धता दुबै पक्षबाट जनाईएको थियो ।
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...
काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका...