५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीलाई अल्टिमेटम – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीलाई अल्टिमेटम

काठमाडौं : नदी किनारका जोखिमयुक्त बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका सुकुम्वासी तथा भूमिहीन परिवारलाई ५ दिनभित्र भवन खाली गर्न निर्देशन दिइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै सोमबारदेखि आगामी शुक्रबारसम्म स्व–व्यवस्थापन गरी होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको हो ।

समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सरकारले घोषणा गरेको पुनर्स्थापना सहायता कार्यक्रम कार्यान्वयन गर्न उक्त कदम चालिएको जनाएको छ ।

समितिले प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापना सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाएको जनाएको छ । यसअन्तर्गत होल्डिङ सेन्टरभित्र तथा बाहिर रहेका विस्थापित परिवारलाई कोठा खोज्न र प्रारम्भिक व्यवस्थापन गर्न प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । यसका लागि आवश्यक बजेट समितिमा प्राप्त भइसकेको र चालु आर्थिक वर्षभित्र वितरण गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको समितिको भनाइ छ ।

त्यस्तै वास्तविक सुकुम्वासी तथा घरबारविहीन भएको प्रमाणित भएका परिवारलाई स्थायी व्यवस्थापनको टुंगो नलागेसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ । भूमि आयोगमार्फत दीर्घकालीन समाधान ननिस्किएसम्म उक्त सहयोग निरन्तर उपलब्ध गराइने समितिले जनाएको छ ।

समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार कीर्तिपुर होल्डिङ सेन्टरमा हाल ६८ परिवारका २०३ जना बसोबास गरिरहेका छन् । उनीहरूलाई भवन खाली गर्नुअघि नै स्व–व्यवस्थापनका लागि प्रदान गरिने २५ हजार रुपैयाँ सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिने व्यवस्था मिलाइएको उनले बताए ।

राहत प्राप्त गर्न प्रभावित परिवारले आफ्नो बैंक खाता नम्बर उल्लेख गरी निवेदन बुझाउनुपर्नेछ । निवेदन प्राप्त भएपछि रकम सिधै बैंकमार्फत भुक्तानी गरिने समितिको तयारी छ । राहत वितरणलाई तीव्रता दिन तीनदेखि चारवटा विशेष टोली समेत परिचालन गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८३ असार ९, १४: ५९

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८३ असार ९, १४: ५९

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०८३ असार ९, १४: ५९

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...