९ नं. क्षेत्रमा श्रेष्ठ, पोखे्रल र शाक्य विजयी – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

९ नं. क्षेत्रमा श्रेष्ठ, पोखे्रल र शाक्य विजयी

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नं.९ मा वामपन्थि गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा कृष्ण गोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य (क) प्रदेशमा केशव पोख्रेल प्रदेश (ख) मा विजयी भएका छन् । काठमाडौंको निर्वाचन क्षेत्र ९ काठमाडौं महानगरपालिकाको वार्ड नं. १२ टेकु, १४ कंलकी, कुलेश्वर, २१ लगन, जैसिदेवल र २२ खिँचापोखरी वीर अस्पतालसम्म सिमा रहेको क्षेत्र नं (क) प्रदेशमा एमालेका अजयक्रान्ति शाक्य प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रमान तुलाधर रहेका थिए । त्यसैगरी काठमाडौं निर्वाचन क्षेत्र ९ (ख) अन्तर्गत नागार्जुन नगरपालिकाको वडा नं. ६ रामकोट वडा नं. ७ स्यूचाटार सोतीगाउँ, वडा नं. ८ भिमढुंगा र ९ र १० रहेको स्यूचाटार हुँदै चन्द्रागिरी नगरपालिकाको वार्ड नं. १ दहचोक, वडा नं. १२ बलम्बु, वार्ड नं. १३ पुरानो नैकाप वडा नं. १४ नपा नैकाप, वार्ड नंं १५ तीनथाना प्रदेश
(ख) बाट केशव पोख्रेल विजयी भएका छन् ।
नागार्जुन नगरपालिका र चन्द्रागिरी नगरपालिका दुई वटै नगर प्रमुख (मेयर) कांग्रेसबाट निर्वाचित भएका थिए । कांग्रेसले आफ्नो किल्ला बनाउँदै आएको उक्त क्षेत्रमा यस निर्वाचनमा भने पराजय भोग्नु परेको छ । ९ नं. क्षेत्र प्रदेश सभा (ख) मा निर्वाचित केशव पोखे्रलका प्रतिस्पर्धी कांग्रेसका चर्चित युवा नेता धर्मराज गौतम रहेका थिए ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७४ मंसिर २५, ०९: १०

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०७४ मंसिर २५, ०९: १०

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०७४ मंसिर २५, ०९: १०

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...