
नयाँ विकल्प,
काठमाडौं–कोरोना संक्रमण (कोरोना–१९) का कारण देश लकडाउनमा रहेकै वेलामा नेपालका नाम चलेका केही अस्पताल गैरकानुनी रुपमा कर्मचारी निकाल्ने र काम गरिरहेका कर्मचारीको समेत एकतर्फी रुपमा मासिक तलव कटौति गरेको पाईएको छ ।
अस्पताल स्रोतका अनुसार विराटनगरको नोवेल मेडिकल कलेज र झापा विर्तामोडको विएण्डसी मेडिकल कलेजले कर्मचारीमाथी चरम आर्थिक शोषण गरिरहेका खुलेको छ ।
प्रदेश–१ को राजधानी विराटनगरको नोवेल मेडिकल कलेज र झापा विर्तामोडको विएण्डसी मेडिकल कलेजले आफ्नो सेवा देशकै उत्कृष्ट भएको दावी गदैं आएका छन् । यी दुवै निजी अस्पतालमाथी विरामीबाट चर्को शुल्क लिएको आरोप लाग्दै आएको छ ।
कोरोना संक्रमणले विश्व जगत संगै नेपाल समेत आक्रान्त भैरहेका वेला नोवेल र विएण्डसी मेडिकल कलेजले अतिरिक्त सेवा दिनुको साटो सर्वसाधारणका लागि ढोका बन्द मात्र गरेनन् , कोरोना संक्रमणको उच्च जोखिम मोलेर काम गरेका कर्मचारीमाथि चरम आर्थिक शोषण गदैं मेडिकल शिक्षाको मर्यादाकै धज्जी उडाएका छन्।
नयाँ विकल्पसंग नाम उल्लेख नगर्ने सर्तमा नोवेल मेडिकल कलेजमा कार्यरत एक कर्मचारीका अनुसार अस्पताल ब्यापस्थापनले दुई सय वढि कर्मचारीलाई जागिरबाट निकालि सकेको छ । अन्य कर्मचारीलाई समेत वेतलवीमा घरमै बस्न लगाईएको छ ।
अस्पताल स्रोतका अनुसार नोवेल मेडिकल कलेजमा कार्यरत प्रसाशनिक, शिक्षण तथा प्राविधिक विभागका कर्मचारीको तलब अस्वभाविक रुपमा घटाईएको छ ।
अस्पताल ब्यावस्थापनले मासिक ३० हजार बढि तलव लिई रहेका कर्मचारीलाई अहिले ६ हजार पाँचसय मात्र दिने गरिएको छ ।
नोवेल मेडिकल कलेजका सञ्चालक शुनिल शर्मा नेपाली कांग्रस निकट मानिन्छन् । शर्मा २०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र–३ बाट प्रतिनिधी सभामा उम्मेद्वार बनेका थिए ।
झापाको विर्तामोडमा रहेको विएण्डसी मेडिकल कलेल स्रोतका अनुसार कोरोना संक्रमण फैलिएपछि नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई वञ्चित गरिएको छ । अस्पताका कतिपय चिकित्स विभाग समेत बन्द गरिएको छ ।
अस्पतालले सर्व साधारणका लागि सेवा बन्द गरे पनि आर्थीक अवस्था मजवुत रहेका विरामीलाई भने सेवा दिईरहेको छ ।
सो अस्पतालमा कार्यरत कर्मचारीका अनुसार अधिकांश कर्मचारी लकडाउन सुरु भएसंगै निकालिएका छन् । बाँकी नियमीत काममा खटिएका कर्मचारीले समयमा तलव पाएका छैनन् ।
कलेजका सञ्चालक दुर्गा प्रसाई प्रधामन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन् ।
नेकपा एकिकरण पुर्व उनै दुर्गा प्रसाईको घरमा केपी ओली र प्रचण्डले भेटघाट गरेको र मार्सी चामलको खाना खाएको विषय अहिले पनि चर्चा मै छ ।
पिडित कर्मचारी बोल्नै डराउछन् ।
नोवेल मेडिकल कलेजका सञ्चालक शुनिल शर्मा माथी कर छलि तथा गैरकानुनी सम्पती आर्जन गरेको विषयमा अनुसन्धान भैरहेको छ । शर्मा सञ्चालक रहेको नोवेल मेडिकल कलेजमा अध्यायनरत विद्यार्थीसंग तोकिएको शुल्क भन्दा झन्डै दुई गुणा बढि रकम अशुलेको आरोप उनिमाथी लाग्दै आएको छ ।
उनको नोबेले मेडिकल कलेजले एमवीवीएसमा अध्यानरत विद्यार्थीसंग ३५ करोड ४७ लाख बढि सुल्क लिएको पाईएपछि सम्पती शुद्धिकरण विभागले समेत अनुसन्धान गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको एक अध्यायनका अनुसार नोवेल मेडिकल कलेज लगायत एक दर्जन मेडिकल कलेजले मात्र पछिल्लो चार बर्षमा मात्र नियमित सुल्क बाहेक तिन अर्ब बढि रकम मेडिकल शिक्षा अध्यायनरत विद्यार्थीसंग गैरकानुनी रुपमा असुलेको पाईएको छ ।
सरकारले विद्यार्थीसंग लिईएको उक्त अतिरिक्त गैरकानुनी रहेको भन्दै फिर्तागर्न निर्देशन दिएको दिएको थियो । नोवेल मेडिकल कलेज लगायतका देशका ठुला मेडिकल कलेजहरुले सरकारको उक्त निर्णय कार्यान्वयन अटेरी गदैं आएका छन् ।
मन्त्रालयको उक्त निर्णय कार्यान्वयन गर्नुपरे स्वास्थ्य मन्त्रि नै परिवर्तन गरिदिने भन्दै सरकार विरुद्ध सार्वजनिक रुपमै अभिब्यक्ति दिँदा समेत कुनै कारवाहि नभएको भन्दै शर्मा अस्पतालका कर्मचारी समेत उनिसंग कुरा गर्न समेत डराउने गरेका छन् ।
नोवेल मेडिकल कलेजमा कार्यरत एक कर्मचारीका अनुसार शुनिल शर्मा विगतको पृष्ठभुमि हेरेर अस्पतालका कर्मचारी उनिसंग हिच्कीचाउँछन् । उनि भन्छन ‘सरकार विरुद्ध सार्वजनिक रुपमा चुनौति दिनेसंग कर्मचारीले के पङ्गा लिनु’ ?
ति कर्मचारीका अनुसार शुनिलले अस्पतालको सेवा सुविधा लगायत प्रशासनिक निर्णयमा संस्थागत निर्णय भन्दा पनि आफ्नो मनोमानी चलाउने गरेका छन् । त्यस्तै प्रदेश–१ कै अर्को ठुलो अस्पताल विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई औपचारीक शिक्षा जम्मा आठ कक्षा पास गरेका ब्याक्ति हुन ।
राजनितिक शक्तिकेन्द्रको आडमा अकुत सम्पति जोडेर मेडिकल क्षेत्रमा लगानी गरेका प्रसाईले आफ्नो विएण्डसी मेडिकल कलेज दक्षिण एसियाकै उत्कृष्ठ रहेको दावी गदै आएका छन् ।
झापाको विर्तामोडमा खोलिएको उक्त अस्पताल कोरोना संक्रमण फैलिन थालेपछि सर्व साधारणका लागि बन्द गरियो ।
पहुच भएका र आर्थीक अवस्था मजवुत भएका विरामीका लागी भने प्रसाँइले अस्पताल चौविसै घण्टा खुलाएका छन् । अस्पताल स्रोतका अनुसार विएण्डसी अस्पतालमा समेत झन्डै एकसय ५० बढि कर्मचारी विना तलव निकालिएको छ ।
त्यस्तै काममा खटिएका कतिपय कर्मचारीलाई तलव सुविधा विहिन बनाईएको छ । नेकपा उच्चतहका नेतासंका पहुच बनाएका प्रसाईसंग अस्पतालमा कर्मचारी बोल्नपनि डराउँछन् ।
नर्सको तलवमा मनोमानी
नेपाल नर्सिङ संघका अनुसार सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्सको संख्या ९४ हजार बढि छ । यसको झन्डै ६५ प्रतिसत नर्स निजी अस्पतालमा काम गर्छन् । बाकी रहेको ३५ प्रतिसत सरकारी अस्पतालमा काम गर्छन् ।
सरकारी पुर्ण स्वामित्वमा रहेको अस्पतालमा कर्मचारीको तह अनुसार तलव पाउने भएकाले सरकारी अस्पतालमा कार्यरत नर्सकालागि त्यति समस्या छैन् । तर कतिपय सरकारी अस्पताल जो समुदायबाट सञ्चालन भएका छन् ति अस्पतालको अवस्था निजिको भन्दा कम पिडादायी छैन् ।
समुदायबाट सञ्चालन भएका कतिपय सरकारी अस्पतामा कार्यरत नर्सहरु समेत सेवा सुविधा रोकिएको छ । करार अवधि एकतर्फ रुपमा रद्ध गर्ने तथा तलव सुविधा समेत मनोमानी घटाउने काम भैरहेको छ ।कतिपयलाई कामबाट समेत निकालिएको छ ।
नेपाल नर्सिङ संघका केन्द्रिय उपाध्यक्ष रमेश सुब्बाका अनुसार निजि तथा सरकारी अस्पतालमा कार्यरत नर्सहरुले भोगिरहेको समस्याको मुल कारण उनिहरुलाई सेवा सुविधा नतोकिनु हो ।
सुब्बाका अनुसार सरकारले अन्य कामदार तथा कर्मचारीको तलव स्केल तोकेको छ तर झन्डै एकलाख नर्सको तलव कतिहुने भन्ने अन्योल छ । जसका कारण अस्पतालको मेरुडण्डको रुपमा रहेका नर्सहरु प्रताडित बन्नु परेको छ ।
सरकारले कम्तिमा नर्सको तलव तथा सेवा सुविधा तोकिदिनेहो भनेपनि कतिपय समस्याहरु आफै समाधान हुने दावी सुब्बाको छ ।
नर्सिङ पढाइ समय र पैसा दुवै हिसावले खर्चिलो मानिन्छ । समान्य आर्थिक अवस्था भएका परिवारका विद्यार्थी यो शिक्षा लिन सक्ने अवस्था छैन् ।
विकसित मुलुकमा नर्स तयार गर्न बषौं लाग्ने र जो कोहि यो पेशामा काम गर्न नसक्ने भएका कारण दोस्रो मुलुकबाट नर्स मगाउने गरेका छन् । नेपालमा पछिल्लो समय नर्सहरुमा भैरहेको श्रमशोषण र विकसित मुलुकको आर्कश सेवा सुविधा आर्कषणले नेपालमा नर्सको अभाव हुने तर्फ सरकारले वेलैमा सोच्नु जरुरी छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...