१४औं दक्षिण एसियाली खेलकुद अर्को वर्ष पाकिस्तानमा हुने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

१४औं दक्षिण एसियाली खेलकुद अर्को वर्ष पाकिस्तानमा हुने

काठमाडौं : झण्डै ७ वर्ष पनि १४औं दक्षिण एसियाली खेलकुद (साग) अर्को वर्ष पाकिस्तानमा हुने भएको छ । यसअघि १३औं दक्षिण एसियाली खेलकुद सन् २०१९ मा नेपालमा भएको थियो । साग प्रत्येक २ वर्षमा आयोजना गर्ने प्रावधान छ ।

दक्षिण एसियाली ओलम्पिक परिषद्को मंगलबार पाकिस्तानको लाहोरमा बसेको बैठकले साग जनवरी २०२६ मा गर्ने निर्णय गरेको हो । निर्णय अनुसार साग प्रतियोगिता २३ जनवरी (माघ ९) देखि ३१ सम्म पाकिस्तानमा हुने छ ।

सागका खेलहरू पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुनेछ । परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमूदको अध्यक्षतामा बसेको बैठकले सागमा २७ खेलहरू समावेश गर्ने निर्णय पनि गरेको छ ।

आयोजक राष्ट्रले थप २ खेल समावेश गर्न पाउने प्रावधान छ । कुनै खेल हटाइएमा वा ४ भन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइनेछ ।

बैठकमा सबै ७ दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरूले भाग लिएका थिए । भारतको ओलम्पिक एसोसिएसनले अनलाइन रूपमा सहभागिता जनाएको थियो ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ फाल्गुन १३, २०: ०९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ फाल्गुन १३, २०: ०९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८१ फाल्गुन १३, २०: ०९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...