नेपाल हङकङसँग २ रनले पराजित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाल हङकङसँग २ रनले पराजित

काठमाडौं : युगान्डामा जारी वुमन्स डे टी-२० कपमा नेपाल हङकङसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको हो । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई जितका लागि अन्तिम बलमा ४ रन चाहिएको थियो । तर ईश्वरी विष्टले १ रन मात्रै लिन सकेपछि नेपाल पराजित हुन पुग्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् । ३३ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । पूजा महतो १९, बिन्दु रावल १४ र सना प्रविण १० रनमा आउट हुँदा रोमा थापा १३ र ईश्वरी २ रनमा नटआउट रहिन् । हङकङकी मारिको हिलले सर्वाधिक २ विकेट लिइन् । एल्सन सिउ र क्यारी चानले समान १-१ विकेट लिए ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०० रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् । नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान २-२ तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान १-१ विकेट लिए ।

यसअघि नेपालले २ मध्ये १ खेलमा जित र १ खेलमा हार व्यहोरेको थियो । शनिबार नामिबियासँग पराजित भएको नेपालले आइतबार घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो ।

प्रतियोगितामा सहभागी ४ टोली अब फेरि एकआपसमा भिडेपछि शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ फाल्गुन २६, २०: ५०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ फाल्गुन २६, २०: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ फाल्गुन २६, २०: ५०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...