काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग फास्ट ट्रयकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफै बनाउने घोषण गरेको छ । सैनिक मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे जानकारी गराउँदै यस्तो बताएको हो । द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो ।
भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरेको थियो । तर यस विषयमा दुवै पक्षबिच सहमति नजुटेपछि नेपाली सेना आफै विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेको हो ।
आयोजना उपप्रमुख खनालले द्रुतमार्गका लागि यसअघि भारतले बनाइएको डिपिआरको रकमको माग अत्यधिक उच्च रहेकाले सेनाले आफैँ नयाँ बनाउने सोचका साथ अघि बढेको बताए । नेपाली सेनाले झण्डै २० करोडको हाराहारीमा नयाँ डिपिआर तयार हुने अनुमान गरेको छ ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...