फास्ट ट्रयाकको डिपिआर नेपाली सेनाले बनाउने – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

फास्ट ट्रयाकको डिपिआर नेपाली सेनाले बनाउने

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग फास्ट ट्रयकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफै बनाउने घोषण गरेको छ । सैनिक मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे जानकारी गराउँदै यस्तो बताएको हो । द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो ।

भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरेको थियो । तर यस विषयमा दुवै पक्षबिच सहमति नजुटेपछि नेपाली सेना आफै विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेको हो ।
आयोजना उपप्रमुख खनालले द्रुतमार्गका लागि यसअघि भारतले बनाइएको डिपिआरको रकमको माग अत्यधिक उच्च रहेकाले सेनाले आफैँ नयाँ बनाउने सोचका साथ अघि बढेको बताए । नेपाली सेनाले झण्डै २० करोडको हाराहारीमा नयाँ डिपिआर तयार हुने अनुमान गरेको छ ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७४ माघ ८, ०८: ३०

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७४ माघ ८, ०८: ३०

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७४ माघ ८, ०८: ३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...