फास्ट ट्रयाकको डिपिआर नेपाली सेनाले बनाउने – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

फास्ट ट्रयाकको डिपिआर नेपाली सेनाले बनाउने

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग फास्ट ट्रयकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफै बनाउने घोषण गरेको छ । सैनिक मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे जानकारी गराउँदै यस्तो बताएको हो । द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो ।

भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरेको थियो । तर यस विषयमा दुवै पक्षबिच सहमति नजुटेपछि नेपाली सेना आफै विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेको हो ।
आयोजना उपप्रमुख खनालले द्रुतमार्गका लागि यसअघि भारतले बनाइएको डिपिआरको रकमको माग अत्यधिक उच्च रहेकाले सेनाले आफैँ नयाँ बनाउने सोचका साथ अघि बढेको बताए । नेपाली सेनाले झण्डै २० करोडको हाराहारीमा नयाँ डिपिआर तयार हुने अनुमान गरेको छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७४ माघ ८, ०८: ३०

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७४ माघ ८, ०८: ३०

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७४ माघ ८, ०८: ३०

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...