
नयाँ विकल्प,
काठमाडाैं- शुक्रबार उपत्यकामा एक सय १९ सहित देशभरमा ५९४ जनामा कोरोना संक्रमित थपिएका छन् । काेराेना संक्रमण बाट थप चार जनाकाे मृत्यु भएकाे स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे संगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९९ पुगेकाे छ ।
देशभर पाँचसय ९४ जनामा कोरोना संक्रमण थपिएकाेमा काठमाडौं उपत्यकामा एकसय १९ जना नयाँ काेराेना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
जसमध्ये काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय ९४ संक्रमित थपिएको जानकारी दिए। थपिएकाे याे संख्या सहित मुलुकभर संक्रमितको संख्या जम्मा २५ हजार ५ सय ५१ पुगेको छ।
काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...
काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...