अमेरिकाले विदेशी विद्यार्थीहरुको भिसा प्रकृया अस्थायी रुपमा बन्द गर्यो – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

अमेरिकाले विदेशी विद्यार्थीहरुको भिसा प्रकृया अस्थायी रुपमा बन्द गर्यो

काठमाडौं ।मेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ । गत हप्ता, ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । हार्बर्डमाथि चिनियाँ पक्षसँग साँठगाँठ गरेको र यहुदीविरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाइएको थियो । यद्यपि, एक संघीय न्यायाधीशले यो निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन् ।

मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूले ट्रम्प प्रशासनले हार्बर्डसँगको बाँकी संघीय सम्झौता पनि चाँडै तोड्ने योजना बनाएको उल्लेख गरेका छन् । यदि यो सम्झौता रद्द भएमा, यो हालसम्मकै सबैभन्दा ठूलो कदम हुनेछ ।

हालै ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति फिर्ता लिएको थियो, जसको कारण विश्वविद्यालयको फिलिस्तीन समर्थन प्रदर्शनप्रति देखिएको धारणा र विविधता कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ।

यद्यपि, सो निर्णयलाई हाल एक संघीय न्यायाधीशले अस्थायी रूपमा रोक लगाएका छन् । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले सो ज्ञापनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि भनिन्, ‘देशमा को प्रवेश गर्छ भन्ने विषयमा हामी अत्यन्त गम्भीर छौँ।’

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८२ जेष्ठ १४, १०: ११

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८२ जेष्ठ १४, १०: ११

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८२ जेष्ठ १४, १०: ११

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...