
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।मंगलबार अहमदाबादमा सम्पन्न खेलमा बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।
पञ्जावका शंशाकं सिंहले सर्वाधिक ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, जस इंग्लिसले ३९, प्रभसिम्रन सिंहले २६ र प्रियान्स आर्याले २४ रन थपे ।बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए । यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो ।बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । कप्तान रजित पटिदरले २६ रन थप्दा लियम लिभिङस्टोनले २५ र मयंक अग्रवाल तथा जितेश शर्माले समान २४ रन थपे । रोमारियो सेफर्डले १७ र ओपनर फिल साल्टले १६ रन जोडे ।पञ्जावका अर्शदीप सिंह र काइल जेमिसनले तीन–तीन विकेट लिए । युजवेन्द्र चहल, विजयकुमार व्यासक र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।
पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकाेमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...
ललितपूर।गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता...