बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको २०२५ को उपाधि जित्याे – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको २०२५ को उपाधि जित्याे

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।मंगलबार अहमदाबादमा सम्पन्न खेलमा बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

पञ्जावका शंशाकं सिंहले सर्वाधिक ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, जस इंग्लिसले ३९, प्रभसिम्रन सिंहले २६ र प्रियान्स आर्याले २४ रन थपे ।बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए । यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो ।बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । कप्तान रजित पटिदरले २६ रन थप्दा लियम लिभिङस्टोनले २५ र मयंक अग्रवाल तथा जितेश शर्माले समान २४ रन थपे । रोमारियो सेफर्डले १७ र ओपनर फिल साल्टले १६ रन जोडे ।पञ्जावका अर्शदीप सिंह र काइल जेमिसनले तीन–तीन विकेट लिए । युजवेन्द्र चहल, विजयकुमार व्यासक र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।

पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकाेमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।

सम्बन्धित समाचार

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८२ जेष्ठ २१, ०८: ०६

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
  • २०८२ जेष्ठ २१, ०८: ०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...

तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
  • २०८२ जेष्ठ २१, ०८: ०६

मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...