गोकुलको ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

गोकुलको ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक

काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिकार व्याकुलका बारेमा बोल्दै उनको मूल परिचय कवि भएको बताए ।
यसपटक कृतिकारले २०७२, बैशाख १२ मा भोगेको भूकम्पलाई आफ्नो कृतिमा उतारेको उल्लेख गर्दै यस कृतिभित्र रहेका विषय सन्दर्भबारे बोले ।
मिर्गौलाको बिरामी हुँदा पनि कृतिकारमा देखिएको उर्जाले यो पुस्तक पाठक माझ ल्याएको बताउँदै डा. दाहालले यो कृति उनको ६ दशकको साधनाको उपलब्धि भएको उल्लेख गरे ।प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै भूकम्पसँग जोडिएका अनेक रचना यसभित्र रहेको उल्लेख गरे । कृतिमा कूल ४१ वटा रचनाहरू समावेश भएको बताउँदै डा. कार्कीले भूकम्पको कथा व्यथा यसमा भेटिने बताए । कृतिकार गोकुल व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृति तयार गर्दाको अनुभूति सुनाए ।

स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उनीसँग विराटनगरमा परिचित भएको बताए । आलोकले यो उमेरमा पनि उनको साहित्यिक सक्रियताको चर्चा गरे ।साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ०७२ सालको भूकम्पको प्रसंग उठाउँदै त्यसबेला सडक सडकमा पुगेर रात बिताउनेहरूले भूकम्प बिर्सिसकेको बताए । उनले गोकुल व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताए ।
पुस्तक कृतिकारकी पत्नी सूर्यकुमारी भण्डारीले प्रकाशनमा ल्याएकी हुन् ।

सम्बन्धित समाचार

पूर्व सचिव पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी’सार्वजनिक
पूर्व सचिव पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी’सार्वजनिक
  • २०८२ जेष्ठ २६, १०: ४३

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव पद्मप्रसाद पोखरेलको आत्मकथा‘खण्डखण्डमा जिन्दगी’ जिज्ञासा र अनुभवको इतिवृत्त’ को लोकार्पण पूर्वराष्ट्रपति डा.रामवरण यादव लगायतले गरे ।कार्यक्रममा पूर्वराष्ट्रपति...

सिग्देलको गीति एल्बम ‘निरासक्त’को विमोचन
सिग्देलको गीति एल्बम ‘निरासक्त’को विमोचन
  • २०८२ जेष्ठ २६, १०: ४३

काठमाडौं ।राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार निराज सिग्देलको गीति एल्बम’ निरासक्त’को विमोचन भएको छ । शनिबार जमलस्थित राष्ट्रिय साँस्कृतिक संस्थानमा...

बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक
बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक
  • २०८२ जेष्ठ २६, १०: ४३

काठमाडौँ ।प्रतिष्ठित उद्यमी तथा साहित्यकार बसन्त चौधरीको पहिलो उपन्यास ‘देवयानी’ एक समारोहबीच बुधबार सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकमा आयोजित समारोहमा...