जनकपुरधाम । राजर्षिजनक विश्व विद्यालयका ८६ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागी हुनेगरी आवेदन दिएका थिए ।
त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थी गोल्ड मेडलबाट विभूषित भएका छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थीले गोल्ड मेडल प्राप्त गरेका छन् ।
सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा विश्वविद्यालय टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई कुलपति पदक दिइएको छ । त्यस्तै, रश्मीकुमारी सन् २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेकी हुन् ।
उनले जनकपुरधामलाई ज्ञानको भूमि रहेको र चार हजार वर्षअघि यहाँ विद्वताको छलफल भएको ठाउँमा आज फेरी विश्वविद्यालय स्थापना भएकोमा खुशी व्यक्त गरे । उनले शिक्षा प्रणालीको प्राचिनता र पूर्वीय दर्शनको महत्वमा जोड दिदै शिक्षा क्षेत्रमा भएका कमजोरीलाई हटाउने प्रतिवद्धता जनाए ।
जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।
समारोहमा विश्व विद्यालयका सहउपकुलपति समेत रहेका मधेशका मुख्यमन्त्री शतिसकुमार सिंह, उपकुलपति प्रध्यापक डा. अमरप्रसाद यादव, वरिष्ठ साहित्यकार तथा प्रध्यापक डा. राजेन्द्र बिमल लगायत सहभागी थिए ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...