कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ९ को व्यवस्थापनमा नगरकोटको रत्नागिरि रिसोर्टमा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षण दिँदै यस्तो कुरा बताएका हुन् । क्षेत्र नं. ९ को प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षण तालिमको आयोजनाले आ–आफ्नो क्षेत्रभित्रबाट प्रशिक्षक उत्पादन गर्ने कार्यले संगठन सुदृढीकरण हुने हुँदा यस्तो प्रभावकारी कार्यक्रम गरिएको क्षेत्रीय सभापति जयकृष्ण महर्जनले बताए ।

जगको रुपमा रहेको कांग्रेस इकाई समिति देखि महाधिवेशन महासमिति सदस्यहरुसम्मका नेताहरुलाई प्रशिक्षित गराउने कार्य नेपाली कांग्रेसका लागि अति नै उपयोगी हुने कुरा क्षेत्रीय प्रशिक्षण विभागका संयोजक एवं उपसभापति मोहन बहादुर बस्नेतले बताए । दुईदिने प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा सुभारम्भ तथा उद्घाटन कांग्रेसका पुराना नेता एवं केन्द्रीय सदस्य ध्यान गोविन्द रन्जितले गरेका थिए ।


प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, पूर्व केन्द्रीय सदस्य किरण गिरी, महासमिति सदस्यहरु रिता ढकाल दवाडी, धर्मराज गौतम, सुमन श्रेष्ठ, डा. अमिता प्रधान, सुरेश परियार, रश्मिला मल्ल, गोमादेवी गुरुङका साथै महाअधिवेशन प्रतिनिधिहरु शिवजी भट्टराई, सुनिल श्रेष्ठ, बासु कार्की, नेपाली कांग्रेस काठमाडौं जिल्लाका कोषाध्यक्ष राजेन्द्र बुढाथोकी, जिल्ला सदस्य रामेश्वरी ठाकुराठी, ख प्रदेश सभापति राजेन्द्र प्रसाद भट्टराई, क्षेत्रीय सचिवहरु बन्दना थापा खड्का, सन्तोष गिरी, सहसचिव, प्रेम गुरुङ, कोषाध्यक्ष शर्मिला रन्जित बोहरा, सदस्यहरु माधव न्यौपाने, कृष्ण कुमार खत्री, मन्दिरा श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, इन्दिरा खड्का, अनिल लामा, दिपकराज भट्टराई, रमेश रायमाझी, प्रदेश ख का सचिव माधव प्रसाद भूषाल, सहसचिव माधव प्रसाद खतिवडा, कोषाध्यक्ष पूर्णकुमारी पुनम फागो सदस्यहरु उमेश प्रसाद कोइराला, प्रकाश श्रेष्ठ बालावती शर्मा, कल्पना कुमारी श्रेष्ठ, रामशरण बनियाँ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी जनप्रतिनिधिहरुमा देवेन्द्रराज गिरी सुन्दरबहादुर लामिछाने, श्रीकृष्ण खत्री, राजकुमार बोगटी, सरस्वती थापा, ईस्यु खड्का, सितल भित्राकोटी लगायत रहेका थिए । पूर्व वडा अध्यक्ष शुक्र तामाङ पूर्व वडा सदस्य विश्वकर लामा, पर्शुराम गौतम, महेश गौतम, माधव गौतम लगायत वडा स्तरीय नेतादेखि केन्द्रीय स्तरका नेतासम्मको उपस्थिति रहेको १३५ जना सहभागी रहेको क्षेत्रीय सचिव सन्तोष गिरीले जानकारी दिए ।

वडा सभापतिहरुमा किरण कार्की, सन्तोष दाहाल, उज्वल दुवाडी, चन्द्रगिरि नगरसचिव जीवन गिरी, कलाकार सुनिल ठकुरीको उपस्थिति रहेको थियो । अन्य महिला नेतृ तथा सक्रिया सदस्यहरुको पनि बाक्लै उपस्थिति रहेकोले क्षेत्रीयस्तरको कार्यक्रम उपलब्धीमूलक रहेको सहभागी एक महिला नेतृले बताइन् ।
दुई दिनसम्म चलेको उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन प्रमुख अतिथि एवं नेपाली कांग्रेसका महामन्त्री युवा नेता गगनकुमार थापाले वर्तमान अवस्थामा नागरिकका मुद्दा र कांग्रेसको भूमिका बारेमा प्रकाश पार्दै १५ औं महाधिवेशनले छोपी सकेको, सक्रिय सदस्य २५ प्रतिशत मात्र नवीकरण सकिएको, भातृसंस्थाको अधिवेशनले पार्टीको टाउको दुखाई भएकाले मंसिर मसान्तसम्म सबै भातृ संस्थाको महाधिवेशन सक्ने गरी पार्टीमा काम गर्नुपर्नै लगायत वर्तमान अवस्थामा पार्टीको यति धेरै पदहरुका बारेमा पुनःविचार गरेर पार्टी विधान नै संशोधन गर्नुपर्ने भएकोले गृहकार्य भईरहेको बताए ।

दुई दिनसम्म सातवटा छुट्टाछुट्टै सेसनमा छुट्टाछुट्टै विशेषज्ञहरुले पावर प्रिजेन्ट गरेर तालिम सञ्चालन गरेका थिए । प्रशिक्षण दिनेहरुमा र विषयहरुमा प्रशिक्षण विधि प्रशिक्षकका सीप र प्रभावकारी प्रशिक्षण– उषा सिंह मल्ल, नेपाली कांग्रेसको आदर्श तथा सिद्धान्त र सविधान कार्यान्वयनमा कांग्रेस– डा. बुद्धीमान श्रेष्ठ, नेपाली कांग्रेस नेतृत्वमा भएको सामाजिक तथा आर्थिक विकास– डा. जगदीस पोखरेल, युवा रोजगारी र उद्यमशीलता विकासमा नेपाली कांग्रेस– डा. संजय महत्तो, काठमाडौं ९ नं. मा कांग्रेसको संगठन र संगठन विकासका रणनीति– डा. कृष्ण प्रसाद पौडेल, नेपाली कांग्रेसको संगठन विस्तारमा सूचना प्रविधिको पं्रयोग र अभ्यास– ईं. दिपेश विष्टले पालैपालो २/२ घण्टा कक्षा सञ्चालन गरेका थिए । सहभागीहरुले प्रश्नोत्तर समेत सोधेर जवाफ समेत मागेका थिए ।

नेपाली कांग्रेसको क्षेत्र नं. ९ ले विभिन्न समयमा यस्ता, संगठन सुधारसम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसले गर्दा क्षेत्र नं. ९ को वर्तमान नेतृत्व क्षेत्रभित्रको आन्तरिक व्यवस्थापनमा एकजुट राख्न सफल भएको मानिन्छ । त्यसैले क्षेत्र नं. ९ ले जस्तै देशैभरका क्षेत्रीय समितिहरुले यस्ता रचनात्मक राजनैतिक गतिविधि गर्दै जाने हो भने देशैभर कांग्रेसको संगठन बलियो हुँदै जाने कुरामा दुईमत नहोला । तथापी कांग्रेसभित्रको महारोग भनेको गुटगत स्वार्थ हो त्यसलाई तोड्न यस्ता कार्यक्रमले सघाउँछ । जो नोताको घरघर पुगेर चाकडी बजाउँछ उसैलाई नेता र आफ्नो इमान्दर कार्यकर्ता मान्ने प्रवृत्ति हावी हुँदा पार्टीलाई आफ्नो व्यक्तिगत कब्जा गर्ने समूह बढ्दै जान्छ । यस्ता स्वार्थी र पार्टीभन्दा व्यक्ति ठूलो ठान्ने समूहबाट जोगाउन सके क्षेत्र नं. ९ को कांग्रेसको भविष्य उज्वल देखिन्छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८२ असार ६, १४: ५१

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८२ असार ६, १४: ५१

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८२ असार ६, १४: ५१

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...