‘असक्षम’हरुले बनाए संगठन धुलिसात – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper
लोकतान्त्रिक कांग्रेसका अलोकतान्त्रिक भ्रातृसंस्थाः टीके नेतृत्व विघटनको माग

‘असक्षम’हरुले बनाए संगठन धुलिसात

काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृसंस्थामध्ये पाँचवटाको मात्रै महाधिवेशन मार्फत निर्वाचित कार्य समिति चयन भएको छ । प्रमुख भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ तोकिएको समयमा महाधिवेशन गर्न नसक्दा तदर्थको भरमा चल्दै आएका छन् । माउ पार्टी कांग्रेसले अधिवेशन गर्न ती संस्थालाई २०८१ चैत मसान्तसम्म दिएको समयसीमा गुज्रिसकेको छ । खासगरी नेतृत्वले अधिवेशन गराउन चासो नदेखाएपछि ती भ्रातृसंस्थाहरु यस्तो हालतमा पुगेका हुन् ।
वर्षौंदेखि महाधिवेशन हुन नसकेका भ्रातृसंस्थाको मुल पार्टी कांग्रेस त्यहि पार्टी हो जसलाई मुलुककै पुरानो लोकतान्त्रिक पार्टी समेत भनिन्छ । यतिमात्र होइन, उसले आफूलाई प्रजातन्त्रको पर्यायवाची दाबी गर्न पनि चुक्दैन । दाबी गर्दै आएको छ । तर व्यबहारमा हेर्दा भ्रातृसंस्थाको लथालिंग अवस्थाले उसको दाबी क्रमशः कमजोर हँुदै गएको त होइन भन्ने प्रश्न पनि संगै खडा भएको छ । जबकि कम्युनिष्ट पार्टीका भ्रातृसंस्थाले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका छन् । पछिल्लो एक महिनाभित्रै एमालेको भ्रातृसंस्था युवा संघ र अनेरास्ववियूले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका छन् । र त्यो पनि टीका लगाएर होइन, महाधिबेशन प्रतिनिधिहरु लाइनमा बसेर भोट हालेर नेतृत्व चयन गरेका हुन् ।

चुनाबदेखि डराउने कम्युनिष्ट पार्टीका भ्रातृसंस्थामा मतदानबाट नेतृत्व चयन गरिने अनि कांग्रेसमा किन भ्रातृसंस्थाहरुको महाधिवेशन हुन सकेको छैन त ? यसका पछाडिका कारणहरु के के छन् र त्यसलाई पार्टीभित्रबाट क कसले मलजल गराइरहेका छन् ? पहिलो कुरा, अहिलेसम्मका गतिविधि हेर्दा पार्टी नेतृत्व नै सकेसम्म महाधिबेशन टार्न चाहिरहेको देखिन्छ । किनभने महाधिवेशनबाट नेतृत्व चयन भएर आउँदा आफू अनुकुलको नेतृत्व आउने होइन कि भन्ने चिन्ता नेतृत्वमा देखिन्छ । त्यसो हुँदा पार्टी नेतृत्वमा बरु टीका लगाएर छान्दा नेतृत्वमा आउनेहरु सधैं आफूप्रति बफादार भइरहन्छन् भन्ने मानसिकताले काम गरेको प्रष्ट बुझ्न सकिन्छ । अर्कातिर, पार्टी नेतृत्वको चाकडी र चाप्लुसी गरेको भरमा भ्रातृसंस्थाको नेतृत्व हात पार्न सकिने भएपछि संगठन बिस्तार भन्दा पनि पार्टी नेतृत्वलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेतिर भ्रातृसंस्थाका अगुवाहरुको चासो देखियो । यसो हुँदा संगठन बिस्तारको काम पुरै ओझेलमा पर्न गएको छ । जसले गर्दा सदस्यहरुमा कुनै किसिमको न उत्साह छ, न त नयाँ काम गर्नका लागि जोस र जाँगर नै छ ।

हुँदाहुँदा भ्रातृसंस्थाहरु कुन हालतमा पुगेका छन् भने माउ पार्टी कांग्रेसका बिभिन्न गुटका नेताहरुलाई खुसी बनाउने नाममा तिनको सिफारिसमा बिधि र पद्धतिलाई लत्याएर मनपरी ढंगबाट नियुक्त गरिएको छ । नेविसंघको केन्द्रीय समितिको आकार ८ सय भन्दा बढीको हुनु पछाडिको कारण पनि यहि हो । हिजोका दिनमा हुने केन्द्रीय समितिको आकार भन्दा ठूलो त अहिले पदाधिकारीको छ । मनपरी ढंगबाट लेटरप्याडमा नियुक्तिको सिफारिस गरेर जम्बो केन्द्रीय समिति गठन गर्नुमा पार्टी नेतृत्व र केन्द्रीय समितिले गर्ब महशुस गर्ने गरेका छन् । जसको परिणाम जम्बो केन्द्रीय समितिको बैठक एक पटक पनि बस्न नसक्ने अवस्था भएको छ । कतिसम्म भने केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुबीच परिचय गर्नुपर्ने अवस्था छ । तल्लो तहमा कुनै पनि भ्रातृसंस्थाका गतिविधि पुग्न सकेको छैन ।

भ्रातृसंस्थाहरु चलायमान हुन नसक्दा कांग्रेसको सिंगो पार्टी संगठन दिनप्रतिदिन कमजोर हुन पुगेको छ । यस्तोे बेलामा पार्टी नेतृत्वको ध्यान भ्रातृसंस्थाको महाधिवेशन समयमै गराएर संगठनलाई चलायमान बनाउनेमा केन्द्रित हुनुपर्ने थियो । तर उनीहरु यो विषयमा आँखा चिम्लेर बसेका छन् । त्यसको असर सिंगो कांग्रेसको संगठनमा देखिएको छ ।
त्यसकारण सिंगो पार्टी संगठनलाई चलायमान र बलियो बनाउनका लागि डेट एक्स्पायर भएका भ्रातृसंस्थाको म्याद थप्ने काम गर्नु हुदैन । कांग्रेसको आसन्न केन्द्रीय कार्य समितिको बैठकले त्यस्ता सबै भ्रातृसंस्थाको महाधिवेशन गर्नका लागि एउटा समयसीमा तोक्नुपर्छ । हुन त यसअघि बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि अधिकांश सदस्यहरुले यति लामो समयसम्म महाधिवेशन गर्न नसक्ने सबै भ्रातृसंस्थाको तदर्थ समिति बिघटन गर्नु पर्ने पक्षमा राय दिएका थिए । उनीहरुले यतिका वर्षसम्म पनि महाधिवेशन गर्न चासो नदेखाउनेलाई पुनः जिम्मेवारी सुम्पनु भनेको संस्थालाई थप कमजोर बनाउनु हो भन्ने धारणा व्यक्त गरेका थिए । हुन पनि महाधिवेशन गर्ने दायित्व बोकेर आएका अहिलेको नेतृत्व महाधिबेशन गर्नका लागि पूर्णतः अक्षम भइसकेको सन्दर्भमा पुनः महाधिवेशन गर्ने जिम्मेवारी दिनु भनेको फेरी पनि महाधिवेशन टार्ने मेसो मात्र हुनेछ ।

त्यसैले केन्द्रीय समितिले ढिलोमा कात्तिक मसान्तसम्मको समयसीमा दिएर हरेक भ्रातृसंस्थाको सानो आकारको तदर्थ समिति गठन गर्ने निर्णय गर्नुपर्छ । र त्यस्तो समितिको एकमात्र जिम्मेवारी समयमा महाधिबेशन गराउनु मात्र हुनेछ । त्यसबाहेक समितिलाई कुनै पनि जिम्मेवारी दिनु हुदैन । यसरी बढीमा तीन महिनाको समयसीमा तोकेर महाधिवेशन गर्ने जिम्मेवारी दिनुपर्छ । यसबाट मात्र भ्रातृ संगठनहरुले लय समात्न सक्छन्, होइन भने म्याद थप्दै जाँदा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन, पार्टीको महाधिवेशन लगायतका बहानामा फेरी पनि महाधिवेशन हुन सक्दैन । जसको परिणामा संगठनमा टीकेप्रथाले फेरी पनि निरन्तरता पाउने छ । कांग्रेस जस्तो आफूलाई लोकतन्त्रको पर्याय ठान्ने दलको नेतृत्व टीकेप्रथाबाट होइन, महाधिवेशनबाट नेतृत्व चयन हुनुपर्दछ । चाडकीर चाप्लुसीले गर्दा सिंगो पार्टीनै बद्नाम भइरहेको छ । टिकेको नेतृत्वले कुनै पनि पुर्नउत्थानवादी शक्तिलाई परास्त गर्न सक्दैन । (नयाँ विकल्प साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
  • २०८२ असार १०, १५: ०८

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
  • २०८२ असार १०, १५: ०८

कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...

विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
  • २०८२ असार १०, १५: ०८

धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...