एशियन क्रिकेट काउन्सिलको वार्षिक बैठकमा भाग लिन बीसीसीआईको अस्वीकार – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एशियन क्रिकेट काउन्सिलको वार्षिक बैठकमा भाग लिन बीसीसीआईको अस्वीकार

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले ढाकामा हुने एशियन क्रिकेट काउन्सिलको वार्षिक बैठकमा भाग लिन अस्वीकार गरेको छ । यो बैठक २४ जुलाईमा बंगलादेशको राजधानी ढाकामा हुँदैछ ।

मिडिया रिपोर्टका अनुसार बीसीसीआईले बंगलादेशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै बोर्ड त्यहाँको बैठकमा उपस्थित हुन नसक्ने बताएको छ । भारतले एसीसी अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीसँग बैठकको स्थल परिवर्तन गर्न माग गरेको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

तर बीसीसीआईले बैठकको स्थल परिवर्तन नभएसम्म एसिया कपको बारेमा कुनै निर्णय लिन नसकिने स्पष्ट पारेको छ ।

भारतले यस पटक एसिया कप आयोजना गरिरहेको छ र यो प्रतियोगिता टी-२० ढाँचामा खेलाइनेछ । अहिलेसम्म एसीसीले प्रतियोगिताको तालिका वा स्थल घोषणा गरेको छैन, तर यो सेप्टेम्बरमा आयोजना हुन सक्ने विश्वास गरिएको छ । २०२३ मा पनि भारतले पाकिस्तान गएर एसिया कप खेल्न अस्वीकार गरेको थियो, त्यसपछि भारतका खेलहरू श्रीलंकामा आयोजना भएका थिए ।

श्रीलंका, ओमान र अफगानिस्तानका क्रिकेट बोर्डहरू पनि भारतसँगै छन् र ढाकामा हुने बैठकको बारेमा चिन्ता व्यक्त गरेका छन् । यसका बाबजुद पनि एसीसीका अध्यक्ष मोहसिन नक्वी ढाकामै बैठक आयोजना गर्न अडिग छन् ।

एसीसीको संविधान अनुसार, यदि महत्त्वपूर्ण सदस्य बोर्डहरू यस बैठकमा उपस्थित भएनन् भने, त्यहाँ गरिएका निर्णयहरूलाई अमान्य मान्न सकिन्छ । यसले एशिया कप आयोजनाको सम्बन्धमा ठूलो विवाद सिर्जना गर्न सक्छ ।

ढाकामै बैठक आयोजना गर्ने नक्वीको जिद्दीलाई भारतमाथि दबाब दिने प्रयासको रूपमा हेरिएको छ । बैठक आउन अब ५ दिन मात्र बाँकी छ, तर अहिलेसम्म एसीसीबाट कुनै नयाँ स्थानको आधिकारिक घोषणा भएको छैन । यसले सेप्टेम्बरमा हुने सम्भावित एसिया कपलाई खतरामा पारेको छ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ श्रावण ३, १९: १७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ श्रावण ३, १९: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८२ श्रावण ३, १९: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...