राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।

कर्णाली यसभिएसका व्यबस्थापक  लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो । कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई  आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए ।

त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त गरे । हमालले आँफुले पनि जिवनका विभिन्न चरणमा भलिवल खेलेको स्मरण गर्दै भने भलीवल  एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली  कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास  व्यक्त गरे ।

कर्णाली यसभिएसले बिहिबार मात्रै प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।

 

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८२ श्रावण ३, १९: २२

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०८२ श्रावण ३, १९: २२

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८२ श्रावण ३, १९: २२

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...